~सुरज काफ्ले~
मेरो घरको छेउमा छ सानो पोखरी ।
भित्र कमल वरिपरि सुन्दर सुनखरी ।।
बँगैचमा फूलहरु रमाइला फूल्छन् ।
लुकमारी खेलीखेली हाँसहरु डुल्छन् ।।
टाटेपाटे हाँस खेल्छन् सेता हाँस पनि
तिनै हाँस खेलाउँछु मज्जा लिन्छु अनि ।।
दुईटा हाँसको टाउकोमा हरियो रंग छ
चुच्चो सुन्दर देख्दा खेरी यो मन दंग छ ।।
ढ्याप्प खुट्टा देख्दा मनलाइ आनन्द आउँछ ।
हाँस खेल्दाको सुख मनले अन्त कहाँ पाउँछ ।।
पोखरीमा पौडिएको हेर्न साह्रै रमाईलो ।
नुहाएको दृश्य राम्रो मन सँधै घमाईलो ।।
आवाजले सँधै भरी गीत गाए जस्तो ।
सलिन बानी व्यहोराले प्रीत लाए जस्तो ।।
सँधैभरी यसैगरी हाँस खेलोस् वरिपरि ।
नभए हाँस हालत मेरो सोच्छु घरिघरी ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )