~झनक श्रेष्ठ ‘प्रज्वल’~
छिमेकीको नजर कणाली तिर
कसैको नजर गुम्बा तिर
देश जलाइन्छ हाम्रो
घर भत्काइन्छ हाम्रो
भूमि उजाड बनाइन्छ हाम्रो
सामुदायिकता खलवल्याइन्छ हाम्रो
छिमेकीको हेराइ हिमाल तिर
परिश्चमाको हेराइ बाइबल घोकाउने तिर
बारा, पर्सा र रौतहट सुकिरहेछ
१०७२ साल सायद आज लुकिरहेछ
किन भने २०१६ सालले प्रश्न गरिरहेछ
८५७ क्युसेक पानी बराबर आज
४०० क्युसेक मात्र कसरी भयो
छिमेकीको ध्यान विआइसिसिमा कम्पन ल्याउने तिर
कसैको ध्यान तराइ टुक्राउने तिर
कसैको व्यवसाय राज्य खोक्रो बनाउने तिर
आफ्नै आगनमा पानी भरेको गाग्री
सिमापार लागि फिर्ता ल्याउदा अमृत बन्छ
यो आम नेपालीको भनाइ होइन
इतिहासको सोचाइ यस्तै यस्तै बढिरहेछ
पश्चिमको अपि र सैपाल अनि पुर्विको कञ्चनजंगा
यस्तै यस्तै फुस्रा भ्रमको विश्वासमा लडिरहेछ
आरको हिमाल र दक्षिणको तराइ बीचमा
यस्तै यस्तै जाली र भ्रमकारीको जालो अगाडि बढिरहेछ
नेपाली जनता मुसुमुसु हास्दै सबै बेधिती हेरिरहेछ
एक क्षण दुइ क्षण् गरी दक्षिणको फुलङ्गार
हाम्रो ढोका ढकढक्याउदैछ
तिमि मसँग आऊ
पुर्व पनि नहेर
पश्चिम पनि नहेर
अनि आफैलाई पनि नहेर
मात्र दक्षिणतिर हात जोड
उत्तरतिर पनि नजाऊ
तिम्रो आफ्नै उत्तरतिर नजाऊ
होइन होइन उत्तरतिर नजाऊ
हिमालको बाँध अनि तराइको फाट
पुर्वको मेची अनि पश्चिम महाकालीको साँध
आफै चल्न खोज्छ तर कथित माइलो साउ
आफ्नै खुट्टा टेक्नु होइन
छिमेकीको खुट्टा ढोक्नु
उसको सेवा सम्झिन्छ
छिमेकीको नजर भुटानिकरण तिर
अनि फिजिकरण तिर
हाम्रो नजर स्वाभिमान तिर र वर्ग संघर्षतिर
तर साहु कान्छाको नजर छिमेकीको गुलामी तिर
त्यस्तै साहु कान्छाको नजर हाम्रो स्वाभिमानको मलामीतिर
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )