~ऋषिराज घिमिरे ~
सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । ऊ एक सामान्य खानपिन र लुवाइखुवाइमा बाँच्दै आएकी छे । गाउँमा जब उसले एसएलसी पास गर्छे, उसलाई सहरमा पढ्न जान मन लाग्छ । सहर पढ्न जानका लागि बाआमासँग प्रस्ताव राख्छे । तर उमाको परिवार सामान्य परिवार भएको हुनाले सहरमा पढाउन नसक्ने कुरा बाआमाले भनेपछि ऊ अति नै दुखी भई । उसलाई यस कुराले पिरोल्न थाल्छ । गाउँमा उसकी साथी पूजा पनि बस्थी । उसले सबै कुरा साथीलाई सुनाइ र पूजाले सहरमा पढाइ राम्रो हुने भन्दै सहर नै गएर पढ्न सल्लहा दिई । तर कुनै उपाय नभएको र आर्थिक अवस्था कमजोर भएकाले सहर जान नसक्ने कुरा उमाले पूजालाई बताउँछे । पूजाले सान्तवाना दिँदै उमालाई सम्झाउन थाल्छे । मेरो साथीे काठमाडौँको पुरानो बसपार्कको नजिकै रत्नपार्कमा बस्छ । ऊ अति नै मिलनसार छ । जागिर नपाउन्जेल उसैकैमा बस्नेगरी प्रबन्ध मिलाइदिन्छे । उमा डराउँछे कुनै नचिनेको केटासँग कसरी एक्लै बस्नु भनेर पूजालाई भन्छे । तर यार्पे त्यस्तो कुनै खराब प्रवृत्तिको नभएको र आफू पनि यार्पेसँग कुनै समयसँगै बसेको कुरा उमालाई पूजाले भनेपछि अलि शान्त हुन्छे । अनि उमा मख्ख पर्छे । घरमा थाहा नै नदिई उमा सहर जाने तयारी गरेर सुत्छे ।
भोलि बिहानै उमा सहरतिर भाग्छे । सहर पुगी अनि यार्पेसँग भेट हुन्छ । उमा सामान्य कपडा गाउँले परिवेश लामालामा कुर्ता सुरुवाल अनि सलमा सजिएकी थिई । ऊ सहरियाभन्दा फरक थिई । सहरमा बोल्न, खान र हिँड्न केही पनि नजान्ने उमा तर यार्पेले केही सिकाउँछ । साथीसँग सामान्य जागिर रिसेप्सनिस्टका लागि कुरा मिलाइदिन्छ । जुन जागिरले खान र बस्न नै धौ–धौ पर्छ तर पनि यार्पेले साथीले भनेको कुरा काट्न नसकेर व्यावस्थापन गरिदिन्छ । यार्पे एक सामान्य परिवारको रामे हो तर यो सहाराले उसलाई यार्पे बनाइ दिएको छ ।
उमा सहर आएको एक महिना बित्दासम्म ग्रामीण परिवेशमा नै हुन्छे । तर जब दिनहरु बित्दै जन्छन् उसलाई सहरको रमझममा रमाउन मन लाग्छ र उसलाई पैसाले पुग्न छाड्छ । ऊ एउटा महँगो कलेजमा भर्ना हुन्छे र म्याक नाम गरेको केटासँग प्रेम सम्बन्ध रहन थाल्छ । बिस्तारै बिस्तारै नाम परिवर्तन गरी डेनी हुनपुग्छे । अब नाम मात्र हैन खानपिन, कपडाको लगाई बस्ने शैली, यहाँसम्म कि बोल्ने शैलीमा पनि परिवर्तन आउँछ । तर यो सब गर्नका लागि आर्थिक अभाव हुन थाल्छ । अब ऊ अनैतिक क्रियाकलापतिर लाग्छे । एकपछि आर्को नयाँ माग बढ्दै जाने र पैसाको अभाव हुने हुँदा उसले यो बाटो सजिलै अँगाल्छे । किनभने गाउँमा जस्तो कुनै दुःख नगरी यति सजिलै पैसा आएपछि गाउँ बिर्सन थाल्छे । यौन क्रियाकलापमा सहभागी भएकै कारणले दुख नै नगरी धेरै पैसा कमाएकामा डेनी मख्ख छे । डेनिको क्रियाकलापबाट म्याकसँगको प्रेम सम्बन्धमा विस्तारै तीक्तता आउन थाल्छ । तर डेनी कत्ति पनि दुःखी हुन्न । यौन र पैसालाई माया गर्ने अनि नयाँ नयाँ ग्राहक खोजी गर्दै हिँड्छे ।
एक दिनको कुरा हो, सधैँजस्तै यौनक्रियाकलापमा सहभागी हुँदै जाँदा डेनी गर्भवती हुनपुग्छे । यस्तो अवस्थामा उसलाई कसैले नि अपनाउँदैनन् । घर फर्किने समयमा अब डेनीबाट उमा भएर घर फर्किन्छे । दिन बित्दै गए, अब उमाको पेटमा गर्भ रहेको कुरा गाउँमा पूजालाई थाहा हुन्छ । एकपछि अर्को गर्दै गाउँभरी नै कुरा फैलिन्छ । एक दिन उमाका बाआमालाई नि थाहा हुन्छ । गाउँमा बस्न नसक्ने र कतै जान आर्थिक अवस्थाले नभ्याउने हुँदा उनीहरु दुवै जनाले आत्माहत्या गरी देह त्याग गर्नपुग्छन् । यस्तो अवस्थामा उमाको अब कोही रहेन अनि उमाले सम्झी आफूमा भएको परिवर्तन गलत रहेछ । अन्तिममा उमाले कुनै उपाय नपार आत्महत्या जस्तो कठिन र भयानक बाटो रोज्ना बाध्य भई ।
ढुङ्गेसाँघु–१, ताप्लेजुङ
(स्रोत : Ratopati.com)