~भौतिक मल्ल जंगली~
कहाँसम्म जाने होे ?
हजुर क्षेत्रपाटी अनि हजुर नी ?
अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ?
रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान बनिसकेको थियो । कतै कतै ट्राफीक पुलीस बाहेक ठेलाका ब्यापारीहरु ठेला घिसारीरहेका देखीन्थे । मान्छेहरु सबै हतार हतारमा देखीन्थे ।
कोही कसैलाई मतलब थिएन । सटरहरु पसलहरु पुरै बन्द भैसकेका थिए । भाई अर्जुन संग कुरा गर्द गर्दै ढिला भैसकेछ । यतै बस्नुस भन्दै थिए । बस्न सक्ने स्थीतीमा नभए पछि जिद्धी गरेनन फर्के बिहान ६ बजे अफिस नामको आधुनीक कारागार पुग्नु पर्ने मेरो बाध्यतामा जानकार उनीले कुरो बुझदीए ।
त्यसैले जिद्धी गरेनन । आकाशको गडाङ्ग गुडीङ्ग कम डरलाग्दो थिएन । कोटेश्वर चोक पुग्दा घडीले दश बजाई सकको रहेछ । पानीका छिटा पर्न शुरु गरीसकेका थिए । कस्तो संयोग म बाहीर निक्लीनु र पानीका छिटा पर्न शुरु गर्नु लगभग संयोग नै भयो । ह्या चोक सम्मा त हो ? त्यसपछि त गाडीमा गई हाल्नीन्छ नी । सोचेर निक्लीहालेँ तर अपसोच भने जस्तो भयन । चोक मा पुग्दा निजी गाडी बाहेक सार्बजानीक गाडीहरु बन्द भैसकका रहेछन ।
परो फसाद अब पानी परीहाले पनि भिज्दै हिडनुको बिकल्प रहेन । लुरु लुरु झोला अगाडी च्यापी बानेश्वर तिर पाइला बडाँँए । कोटेश्वरबाट बानेश्वर तिर लाग्दा करिब रातीको साढे ९ बजीसकेको हुँदो हो । गाडीहरुको चहलपहल न्युन प्राय न्युन भइसकेको थियो । निजि गाडीहरु नगन्य मात्र कुदिरहेका थिए । हात दिन खोजें पनि कसैले रोक्दैन्थे रोकोश पनि कसरी रातीको समय अप्ठेरै हुन्छ । ह्या हिडेर पनि पुगौला नि ११ बजे सम्मा ।मर्द न हुँ मनमा अनौठो आँट जागेर आयो । फटाफट लागें । अलि अलि डर त लाग्ने नै भयो सुनसान सडकमा कसैले झ्याप्प पार्यो भने त गयो त जिन्दगी मन नराम्ररी झस्कन्थ्यो । उतिखेर पनि सडक सुनसान छ । फेरी सम्झें आ .. जे होला नि मारे पनि मारोस मर्नु एकदिन सबैले जो छदैछ । मनमा कुरा खेलाँउदै लगभग तिनकुने पुलमा पुग्दै थिँए पानी पर्न शुरु गरीहाल्यो । छाता थिएन भिज्नुको बिकल्प थिएन ।हतारहतार हिडीरहेको थिँए ।
पछाडी को हिडीरहेको जस्तो लागीरहेको थियो । सोचेँ को हो यार यतिबेला पानीमा भिज्दै लुरुलुरु एक्लै हिडने । पछाडी फर्कीयँ कालो जकेट र सेतो देखीने जिन्सपाइन्ट लगाएकी करीब ४ फुट जति अग्ली अनुहार पुरै गुम्छाले ढाकेकी आफनै गतिमा हिडीरहेकी थिइन । मनमनै सोचेँ के रातीराती हिडेकी होली यो केटी के बाध्यता परो होला । आफनो बाध्यता जस्तै उनको बाध्यता सोचीन ।
उसोत उनकै रफतारमा म पनि हिडिरहेको थिएँ । तर बोल चाल मात्र हो नभएको उनी पनी उतै बाट आएकी रहीछीन मैले ख्यालै गरीन । बाग्मती पुलमाथी पुगी्सकपछि पो थाह पाँए उनि पनि उतै जाने हुन । आलोकनगरको गेटसम्मा पुग्दा उनिपनि भिजीरहेकी थिइन निथ्रुक्क । कोटेश्वर देखी हिडीरहेकी उनलाई त्यतै कतै होला सोचेको तिनकुनेको पुल काटेपछी थाह भो उनी पनि लामै सफरकी यात्री हुन । आकलन गर्न गारो भएन । म जस्तै गाडी नपाएर बितरीयकी रहिछीन यात्रामा यसोत कहिले काँहीको यात्रा नसोचेकै हुन्छ । उनले पनि म जस्तै यसरी पानी पर्ला गाडी नपाइएला र भिजेर यात्रा गरुलाँ पक्कै सोचीनन होला । पानीको रफतार पनि हाम्रो यात्रा जस्तै रोकीने सुर देखीएन । अब भिज्नुको बिकल्प रहेन ।
त्यतीन्जेल शरिरको बिकट स्थान बाहेक सबै जलाम्य भैसकेको थियो । अघी पछी गर्दै बानेश्वर चोकमा पुग्यौँ । त्यतीखेर सम्मा बोल्ने साहस दुबैको भएन । तर नजर जुधाँउदै यात्रा गर्नुको मजा भने बेग्लै थियो । कहिले उनि टुप्लुक्क हेर्थीन कहिले म हेर्थे आखीर हेराईमा रहस्य थियो । दुबैको बानेश्वर पेटोल पम्पनेर पगीसकेपछि । मैले आफै गुनगुनाएँ उनलाई नै संकेत गरी कस्तो गाडी पनि नपाएर बोर भयो भन्या ।
हेर्नुसन गाडी नपाएर कस्तो बर्वाद भयो ? बोलीहालीन त्यसैमा झरी असार हो झरी पर्नु त प्रकृतीको दोस हैन बरु दोस हाम्रै हो । समयलाइ सदुपयोग नगर्नु । थपेँ कहाँ सम्मा हो नी हजुर ?
क्षेत्रपाटी
उनले बोलीको ढोका मजाले खोलीन मिजाशीली स्वभाबकी जस्ती लाग्ने उनि बोल्न भने कनजुस्याँई गरीनन ।
अनि हजुर ?
म अनामनगर
ओहो क्षेत्रपाटी कसरी पुग्नु हुन्छ । खै ? गाडी पाँउदैन पानी यस्तो परीरहेको छ ?
टाढै छ । अँ हेर्नुसन कसरी पुग्ने हालो ?
पानी नपरेको भए त सजिलै पुगीन्थ्यो पानीले हैरान बनाउने भयो । फेरी ब्याट्री सकिएर मोबाइल पनि अफ भयो । कुरा गर्दै बानेश्वर चोकमा पुग्यौँ एक छिन ओत लाग्यौँ । नराम्ररी भिजेकी उनी अनि म त्यो ओत फाटफुट चलेका सवारी अँह बेग्लै थियो बातावरण ।
बानेश्वर दिउँसो कल्पना गरे जस्तो बानेश्वर थिएन । न ट्र«ाफीक पुलीस ,न यात्रुको भिड ,न गाडी, न जाम केही थिएन । सिमसिम पानी अनी अपरीचित उनी र म ।
हजुरको घर कुन ठाँउ ?
प्रश्न सोध्ने काम जारी थियो ।
तनहुँ अनि हजुरको ?
पश्चिम हो । मेरो पनि अनि के गर्नु हुन्छ ? हतार हतार उनकै बारे जान्न खोजेँ के गर्नु हुन्छ यता ?
पढछु र अलाबा सानो तिनो जब पनि छ ।
ए हो अनि हजुर के गर्नु हुन्छ नी ?
म मजबुरी गर्छु । फेरी हतारमा कुरा काँटे कहाँदेखी आउनु भएको हजुर ?
भक्तपुर एकजनी साथीकी आमा बिरामी हुनुहुन्थ्यो । पु¥याउन गएको फर्कन ढिला भयो । गाडी नै पाइएन पानी परको कारणले के गर्नु ? उताबाट निक्लदाँ पानी परेको थिएन । बाटोमा परो र भिजायो । मनमनै सोचेँ भिजाउने बाटोमै हो । यात्रामै हो । घरमात आमा बुवाको अगाडी कस्ले भिजाँउछ र ।
हामी कुराकानीमा नजिक नजिक भैसकेको थियौँ । उनको र मेरो भिजाईमा पनि सामानता थियो । हिडाइमा पनि सामानता थियो । सायद समास्यामा पनि सामानता हुनुपर्छ । खै दिनमा भएको भए उनि मसंग बोल्थीन बोल्दैनथीन हेर्थीन हेर्दैनथीन मलाई थाह छैन ।
अहिले चैँ धित मरुन्जेल बोलीरहेकी छिन । दिल खोलेरै हेरीरहेकी छिन । कता कता उनको हेराई र कुरा गराईले मलाई प्रेमीलो अनुभुती भैदीएको छ । खै ? उनको अनुभुतीको चंगा कहा उडेको छ पत्तो छैन । अँह ? थाह छैन । मेरो अनुभुतीले सीमा नाघीसकेको छ । भद्र ढंगले कुरा गर्ने उनि परीपक्क नारी जस्तै लाग्थीन । म अभद्र पुरुषत्व बोकेको भद्र कहलीने मर्द थिँए । मर्द र मर्दत्वमा के फरक छ र त्यस्तो आखीर महिलाहरु भन्दा पहिला पुरुष नै अगाडी देखीन्छन ।
मनै मनै सोचेँ लाखे आज मौका हो नचुका यसरी संधै मौका आउदैन र पर्खदैन पनि बिकल्प खोज बिकल्प उनि संग बाहीर एक भित्र अनेक कुरा खेलाँउदै बानेश्वरबाट अगाडी बडीरहेका थियौँ । झरी रोकीने संकेत थिएन । यसोत मन भित्रको झरी रोकीने झन कुरै थिएन । मनभित्र त्यो भन्दा बर्ता बर्षा भैरहेको थियो । उनले भने त्यतीन्जेल बस्ने कुनै संकेत दिएकी थिइनन ।नारीत्वमा अडीग थिइन । कुरानुसार उनको एउटै सोच थियो । जसरी पनि घर पुग्नु पर्छ र भोली कलेज जानु पर्छ ।
हजुरलाई घरमा के भनेर चिन्छन ?
रिया गुरुङ
अनि हजुरलाई ?
राबण
आममा राबण खतरा रहेछ ? नाम अँ अलि खतरै छ तर मान्छे चै राम नै हुँ । कुरा बंग्याउन खोज्दै थिँए । के थाह मान्छे झन त्यो भन्दा खतरा हुनुहुन्छ की ? । कुरो दरै भैरहेको थियो । कुराको रस निक्लीन खोज्दै थियो । अपशोच यदी संगै जाँउ भन्दीए के गर्ने होला गोजीमा सुख्खा छैन । रुममा के लिनु यार घरबेटी र वरपर बस्ने सहपाटीले थाह पाए । के भनलान यसको खेलो गतिलो छैन भन्ने होलान । मन दोधारमा थियो । फेरी मौका हो मौकामा चौका हान्न पाए त राहतै हुन्थ्यो । निश्फीक्री सोचीरहेको थिँए । एकतमासले के गरु ? के नगरु ? भैरहेको थियो । उनको मनोभावना के थियो ? त्यो भने थाह थिएन । आफनै मनको तलाउमा पौडीरहेको थिँए । कुरा गर्दै रातोभाले पार गरीसकेछौँ गन्तब्य नजिकीदै थियो । मैले उनलाइ नभनीनहुने स्थीती आइसकेको थियो । छोडौँ एती राती एउटी नारीलाई अलपत्र कसरी छोडौँ । नछोडौँ के भन्लीन उनले । मनले मानीरहेको थिएन । ठुलो संकटमा परीसकेको थिँए । झरी रोकीसकेको थियो । रात अबेर भैसकेको थियो । अब कसरी जानु हुन्छ । यतै बसौँ ? भनिहाले त्यस्तो केही अप्ठेरो मान्नु पर्दैन । तपाँइ जस्तै हो म पनि गारो नमान्नुस ।
उनी बोलीन ..। पुन अन्कनाएर बोलें खै ? एकछिन के सोचीन थाह छैन । कति टाढा हो ? अब १० मिनेट हिडनु पर्छ । मैले भने । को को हुनुहुन्छ कोठामा ? एक्लै छु । टाउको हल्लाइन । लामो सास फेरेर लिने कठोर निर्णयमा पुगेँ । अनि सोझीयौँ । भित्रभित्रै ठुलो समस्यामा परिसकेको थिएँ । उनलाई जानुस भन्न नि सकिने स्थीती थिएन बस भन्न नि ..। आट गरेरै भनेको थिँए । यतै बसम बिहानै जानुहोला भनेर । झन्डै ११ बज्न लागेको हुंदो हो । घरको गेट खुलै रहेछ । ताने बेसरी चुंइकियो .. घरबेटी आन्टी मथिबाटै कराइन को हो हँ. ??? मेरो सातो गयो । म राबण हो अन्टी । ए गेट राम्ररी लगाउ । ठुलो सास फेरें र उनिसंगै कोठामा पसँे । उनलाई चप्पल समेत कोठा भित्रै खोल्न भने ।सादा लाभा सेटको लाइटको साहारामा मैन बति खोजेर सल्काँए । निथ्रुक्क भिझेकी उनलाई कोठा भित्र पसीसकेपछि एउटा ट्राउजर टिर्सट दिँए र भिजेको कपडा चेन्ज गर्न आग्रह गरेँ । बडो अप्ठेरो मान्दै बाथरुममा गएर फेरीन । उनि यतिबेला सम्म त मौन थिइन .. । तर मलाइ चिन्ता थियो खानाको । के ख्वाउने होला ग्याँस सकिएको एक हप्ता भइसकेको थियो । किन्ने पैँसा नभएर हालत खराब छ । खानाको प्रशङ्ग निकालेँ उनले पहिल्यै खाना खाइसकेकी छु भनिन । कुरो टारीन । खाइसकेको संकेत गरीन बोलीनन । फेरी समास्या परो सुत्ने कहाँ सुत्ने कसरी सुत्ने ?? खाट एउटा मात्र छ समस्या होला जस्तो भयो । परिचित जस्तो लागिरहेकीे उनि मैन बत्ति जस्तै बलिरहेकी थिइन । मंगोलीयन थरकी उनको रुप साच्चीकै चन्द्रमा भन्दा कम थिएन । उनको हाँसीलो मुहार हेरेर मलाई थप मख्ख बनाइदिएको थिँए । पुरानै चिनजान हो जस्तो लागीरहेको थियो । पुरानै माया हुन जस्तै । सायद बाध्यता थियो या अरु कुनै रहर । बिजुली थिएन मैन बत्तिको उज्यालोमा अलि अलि उनको अनुहार चम्कीलो देखिन्थ्यो । मन पुरै लोभीसकेको थियो । सुत्ने तरखरमा लाग्यौँ मानौ उनको कोठा हो र म चै नया मान्छे झैँ अलमलीएको थिँए । टाबेल ओछाएर म भुइमा सुत्ने तयारी गरेँ । उनलाई खाटमा अनुरोध गरेँ । उनि मुस्कुराइन र भनिन टाबेलले रात भरी बाँचीन्छ र ? सोझीनु पर्ला नी ? लक्ष्मीलाई भित्रयाइसके पछि के सोजीनु अबत मोटीनु पर्छ । थोरै भलाकुसारी गर्यौँ बाध्यतामा परे पछि ज्यान फाल्न बाहेक अरु के नै गर्न सकिने रहेछर आखीर । उनले अप्ठेरो मानेको अनुभुती गरेर भुँइमा औपचारीक्ता निभाएको थिँए । खासै सुत्ने योजना चैँ थिएन । धौ र्धौ भनीन एतै एडजस्ट गरौँ तर एकले अर्कालाई नछुनेगरी भनेर मुख छोपीन । फेरी एउटै खाटमा सुत्नुको विकल्प पनित थिएन । किन किन उनिसँगको छोटो यात्राले मलाइ छुट्टै अनुभूति भैरहेको थियो । बत्ति निभाएर भित्ता पट्टि फर्किएर सुतें । मुटुको गति तेज ढंगले बडीरहेकोे थियो । सम्झे के गर्दैछु म ? के सोच्छीन होला यिनले ? मैले उनलाई पठाउन नसक्नु मेरो कमजोरी थिएन । उनि प्रतिको सम्मान थियो । हुनत सबै कुरा सोधखोज भैसकेको थियो । न्यायपुर्ण ढंगले खुरु खुरु बताएका थियौँ दुबैले । खाटमा पल्टी सकेपछी पनि धेरैबेर कुरा गरीरहयौँ कुरा कुरामा गफीएका हामी आगोको राखीएको नौनी जस्तै भैसकेछौँ । सायद त्यो जादु थियो या प्रेम त्यो त मलाई जै थाह छैन । उनको शरीरको तातो पनले मेरो काँडा उमारीसकको थियो । उनि पनि त्यही हालतमा पुगेको संकेत दिइरहेकी थिइन । कुरै कुरामा शरीर भरि एक तमासको तरङ्ग फैलीसकेकोे भान भैसकेकोे थियो । उन्मत्त भएर उनको अंगालोमा बाँधीसकको थिँए । मेरो शरीरमा उनले पनि पुरै उन्माद खन्याइदिएकी थिइन । झरीले चिसीएका हामीलाई औषधी जस्तै भएको थियो । पुरै शरीर छोडीदिएकी उनले मैले पनि असरल्लै छोडिदिएँको थिए । निर्बस्त्र भएर । सबथोक तर रत्तिभर पनि मैले अरु कुरा सोच्न सकिन । उनि बास्तबीक अपरिचित थिइन । हो म त्यहि अपरिचितसंगको वासनामा हराउने एक नामुक लुटेरा थिँए । यसोत उनि पनि लुटेरै थिइन ।
उनको नाइनास्ती पनि थिएन । मेरो जबरजस्ती पनि थिएन । तर मलाई सर्बश्व लुटेको भान भइरहको थियो । जबर्ज्स्ति त पटक्कै थिएन, मेरो रहर भनौ या उनको बाध्यता समयले जुराइदिएको संयोग थियो । दोस कसैको थिएन । संयोग थियो या नियति तर मैले उनको समास्यालाई बुझेँ बुझीन त्यो थाह भएन । रातकसरी बित्यो पत्तै भएन कुमार म कुमारी उनि पहिलो रात अनि झरी ? समय कति भयो ? ५ बज्यो भनेर भुसुक्कै निदाएछु उज्यालोका किरणहरु झ्यालबाट छिरेका थिए । हाइ काढेर शरीर तन्काँउदैँ उठेँ छेउ तिर हेरेँ । उनि थिइनन । झयाल खोलेर बाहीर हेँरेँ असारे झरी परीरहेको थियो । तन्नामा रगतका छिटाहरु एकतत्र छरीएका थिए । तन्न निकालेर कुनातिर फालेँ अनि टेबुलमा हेरेँे स्पाइरल प्याडमा लेखीएको थियो । मेरो फोन नं ९८४…… पछि कल गर्नु । यदी पेटमा रातीको चिनो रहेमा छिटै तपाइकी हुनेछु । बाँकी केही थाह छैन उहि रिया । जब अक्षर पढेँ बाहीर परीरहेको झरी भन्दा अबिरल झरी मन भित्र पर्न थाल्यो । किनकी म कसैको भैसकेको थिँए ।।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )
लेखन सैली राम्रो लाग्यो I यो कथा लाई अझ अगाडी बधाउन सकिन्छ , धारावाहिक लेख्नु होला धन्यबाद