गजल : आफै जाँचेर हेर!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

आफ्नो मन लाई आफै जाँचेर हेर!
सिंगो जीवन कसैलाई साँचेर हेर!

कती दुख्छ घाउ बिछोड़ को प्रहर
छियाछिया भाको मुटु भाँचेर हेर!

कति गाह्रो हुन्छ एक्लै जिउन यहाँ
साहारा बिना कसैको बाँचेर हेर!!

सजिलो हुन्न याद मेटाउन कसैको
छाती मा तस्विर उस्को टाँसेर हेर!

पाउनेछौ आभास मुटु नै रित्तीएझै
उ सँग का प्रहर सबै नासेर हेर!

टुक्रिएको मुटु त्यो जोडिन्न कहिल्यै
चुर-चुर भाको सिसा गाँसेर हेर!

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in गजल. Bookmark the permalink.

1 Response to गजल : आफै जाँचेर हेर!

  1. mahendra kumar says:

    hajur ka aasta gajal aj dhari sunna pau badi hajur li

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.