कविता : तीज म पर्खि रहन्छु है

~राज बरसिंगथापा~

राता र रंगी चंगी पहिरन को भेसमा
आज को दिन अरु सगै
सिउदो मा झपक्क रातो सिन्दुरले भरेर
रातो साडी को सप्को सप्का छोडेर
झुत्ते पोते मा भूत्ते तिलहरी उनेर
स्वामीनाथ को दिर्घायुको कामना मा
मन खुसीले
गद गद छ

साथी, संगी ,दीदी,बहिनी ,आमा ,सासु ,बुहारी
सबै,,सबै.. संगै ..संगै..
आहाहा.. हेर ,,ससाना
नानी हरु पनी त हामी संगै……..खुसी.

के जात के धर्मं …को ठुलो को सानो….
सबै भन्दा ठुलो त सस्कृति
सबै मा उही चाहना र
उदेसेले तयार
भाग्य बिधाता ले सिंदूर त खोसे पनी रातो नलगै
पनी त
म खुसी साटन खडा भयको
छु ,,,यस्मा मेरो के दोस छ र …
तैपनी संस्कृति र परम्परा को पुरानो धार लाई
मान्दै आफुलाई रातो मा सिंगारना
बाट बंचित गरायको छु

टुमके जोरमादल को झ्याउरे तालमा
नमच्कियको कम्मर
मरक मरक मर्काउदा
आज हामीलाई कसले रोकने
आजै त हो,,, यकदिन …

गलानै लच्कौने लचक्क परेका
झुत्ते पोते र भूत्ते तिलहरी ले
गरुंगो भार त किना बनाउथ्यो र
यो त हाम्रो पहिचान .निसानी ,पतिको चिनो ,
सस्कृति , इज्ज्यत
झपक्क सिउदो मा रातो सिन्दुरले भरेर
खुसी साथ
भोक भोकै पति परमेश्वर को दिर्घायुको कामना
कती खुसी….कती आनंन्द
तीज
तर
मेरा माइती सकी नसकि
लीन आय / नआयपनी..

परेला का डील बाट
बग्न खोजेका आँसुका
तप्कालाई म
चिम चिम
गरेर
आखा मै मिलाइदिन्छु
किनकी
मलाई भुलेर त होइना होला
नि है भनेर
मन बुजाउदै छु
फेरी
सबै जाना माइती नै त गयंनन होला
नि है…
म बुज्छु मेरा माइती हरु …

जे जस्तो भय पनी..
खुसी संग दर खायर
टुमके जोर मादल को साथमा छम छम पारेर
सिउदोमा झपक सिन्दुरको धरको
रातो झिलमिले साडीको सप्कोमा
पिदाको दर्द पखाल्दै छु
बेदना को गर्भ पखाल्दै छु
बिरहको बह निखार्दै छु

जोर मादल संगै कम्मर
मर्काइ मर्काइ
यो तीज मनाउदै छु
खुसी साटा साट
गर्दै छु
अनि तिमी तीज हरेक साल यसरी नै आऊ है
अनि मेरो पतिको दीर्घायु गर है भनेर कामना
गर्दै छु
अनि
अर्को
साल यसरी नै परखने छु है
भनेर बाचा गर्दै छु
बाचा गर्दै छु

थापा राज
Drumhller
CALGARY ,CANADA
August 22nd, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.