~राजन सिलवाल~
पूरै दुइ दिनको बाटो हिँडेर थिन्ले सदरमुकाम आइपुग्यो । सुत्केरी छोरीलाई ज्वाईंले कुटेर मारेको थियो । अर्सइको नेतृत्वमा एक टोली घटनास्थलतर्फलाग्यो । थिन्ले अघिअघि लाग्यो । बाटो ढुग्ंयानी थियो, उकालोको कुनै दुःख थिएन । धरती डढाउँछु जसरी भाद्रको घाम खनिएको थियो टाउकामाथि ।
बाटामा होटेलहरु छँदै थिएनन् घन्टौंसम्म । प्यास मेट्न सकिन्थ्यो ठाउँठाउँमा । कर्ण्ाालीको भीर, छ घण्टा हिँडिसकेपछि पुरानो नेपालको अर्सइले थिन्लेलाई सोध्यो, ‘घरमा कुखुराको भाले छ कि छैन ? छैन हजूर ।’
‘गाउँमा कुखुरा हुँदैन भनेर ढाँटेको तैंले हामीलाई ? घरमा नभए खोजेर नि ले, ‘हवल्दारले अर्सइलाई हावा हाल्यो । थिन्लेलाई तिनको सम्बोधनले भन्दा पनि संवेदनहीनताले छोयो, भित्र ।
‘कति टाढा रे ज्वाईंको र तेरो घर ?’ अर्सइले हिंडाइ र थकानको रिस मिसाएर सोध्यो ।
‘त्यस्तै दर्ुइ घण्टा हजूर ।’
‘हेर तेरी छोरी मर्नु मरिहाली, अब फर्केर आउने हैन । तैंले के नचाहिने दुःख दिइस् हामीलाई आज ।’ हवल्दारको स्वर यस्तो थियो मानुँ उसले धेरैवटी छोरीको वियोग सहेको छ ।
अर्सइले भन्यो, ‘हेर थिन्ले, तैंले हामीलाई पहिले तेरो घरमा लगेर मासु भात खुवा । अनि मात्र त्यो लाश भएतिर लैजा । बुझिस् -‘ ‘थिन्लेको मनमा राक्षस जस्तो ज्वाईंको अनुहार उत्रियो र उसलाई कतिबेला पुलिसको हतकडी लगाएर घाउमा मल्हम लगाउँ भयो । भन्यो, ‘हजूर, पहिले त्यो ज्यानमारा राक्षसलाई पक्रन पाए हुन्थ्यो, नत्र उम्किन्छ ।’
‘साले, हामीलाई सिकाउँछस् तँ ?’ अर्सइको बूट उसको ढाडमा बज्रियो । त्यसमा हवल्दार र अरु उद्दण्ड सिपाहीले पनि एकतर्फी प्रहार गरे । तीन दिनको लगातार हिँर्डाई, उसमाथि पुत्रीशोक । थिन्ले ढुन्मुनाउँदै ढल्यो ।
‘पुलिसलाई मुख फर्काउने साले तँ -‘ हवल्दारले निधारमै लात मार्यो । असइ र अरु सिपाहीहरुले हवल्दारलाई रोक्दारोक्दैै थिन्लेको शरीर कर्ण्ाालीमा छप्लंग गर्यो । अर्सइले वाकीटकीबाट जाहेरी गर्यो, ‘रोजर, त्यो जाहेरीवाला थिन्ले भर्खरै चिप्लिएर कर्ण्ाालीमा खस्यो । केटाहरु लाश खोज्दैछन् ओभर ।’
(स्रोत : समरेखा द्वैमासिक)