~लोक राज भट्ट~
दुरबिनले नदेखिने डाँडा मुन्तिरबाट
तिमी
आश्वासनको बतास पठाई दिनु
म
पहाड मास्तिरको भञ्ज्याङको डिलमा
फोनबाजाको भोलुम बढाएर
बसिरहुँला प्रतिक्षामा।
जति भुल्न खोजे पनी
जती जलाउन खोजेपनी
ब्ल्याक बक्समा झै
ताजै छन पुराना सँगतहरु
फेरी
पोहोर झै आँउछु भनेर
आशै आशले कुरेको बिरालो जस्तै
म्याऊँ गराएर
सेरामिक्स झै नचर्काईदिनु सपनाहरु।
यसपाली त
परम्पराको बिरुद्धमा
बंशको नालेबेली भुल्दै
उक्लिनु पर्छ
जातियताको बिरुद्धमा
त्यसपछी
तिम्रो र मेरो
रहरै रहरमा जोगाएर राखेको
प्रेमसागर बाट
सुरु गर्नु पर्छ
मण्डेलको सिद्धान्त र
गराउनु पर्छ
छुट्टै बर्णशंकरको जन्म। ।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)