~डिल्लीराज बस्याल~
गगन सारा घनघन गरि धर्तिमा नीर पोखियो
वृक्षका पात पात पखाली शुद्धता सारा छचल्कियो
उर्लँदो वैँशको मात बोकि नदि बहिन वेगले
सारा किसानको प्यास बुझि हर्ष दिइन् मेघले।
खेतका पट्पट् फुटेका धाँजा टिलपिल सारा पानीले
रोपाइको हतार भो सबलाई मार्ग खोलिन् पानीले
सिरी सिरी पवन झोक्का पसिना ओभाउँछ
कलकल पानी अञ्जुली भरि तिर्खा मेटाउँछ।
मल जलको प्रबन्धले धर्ति छोड्दै उठे है बोट
हरीया फरीयामा शृङ्गार भरि भए सुन्दर ती खेत।
गोडमेलको समय उस्तै सल्बलाए हात सुसार्न
मिहिनेतको मोल पाएर प्रशन्न छन् सबका दिन
पाक्दै पाक्दै झुके बाला पहेँलपुर भयो फाँट
झर्यो फेरी लेकबाट ओहिरो सम्पति आफ्नो सिहार्न।
दृश्य यी सजिएर बस्छन् हृदय कुनामा अमर बनी
भरिएर आउँछ जोस एकैचोटि जाउँजाउँ साथ दिउँ भनि।
आकृष्ट तुल्यायो मन मेरो परिश्रमको भाषाले
अन्तरदिलले भन्छ झुकाउन शिर किसानका सामुने
जो खियाउँछ बाहु, सजाई स्वेद ललाटमा
त्यो बाँच्छ जगतमा सदा प्रशन्न प्रशन्न मनले।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )