~गणेश पुर्बछाने मगर~
परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ
पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई
रूपरंग हेर्दा अप्सरा झै लाग्दछ
एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ
शिरै बन्दी शिर मा लाउदा कती राम्री देखेकी
मखमली फरिया मा झनै आहा कती राम्री सजेकी
आखिर पहिलो भेटमा नै फ्याकी हालेऊ पिरतिको जाल
मन मिले लान्छु तिमीलाई यही आउदो साल
बिस्वास गर मलाई नसम्झे है छाडी जाने भनेर
लाइ देऊ बरु चोखो माया आफ्नै प्रियतम ठानेर
दिन्छु चोखो माया दुखाऊदिन पबित्र त्यों मुटु लाइ
लान्छु हात तिम्रो समाई जुनी जुनी जनम भरी लाइ
(स्रोत : कविता कुसुम)