~रसिक रमण~
विदेशी स्वादमा कतै नपल्किए सानु
बेहोशीमा मनका भाव नछल्किए सानु
गुन्यु चोली नेपालीको मौलिकता सम्झी
आयातित ती स्कर्ट , पेन्टमा नझल्किए सानु
ईश्वरले नै ठूलो श्रमले बनाएझै लाग्दी तिमी
नक्कल पार्दै श्रृङ्गार गरी नटल्किए सानु
सुख मात्रै जिन्दगीमा सधैं नआउला
पाक्या घाउझैँ दु:ख पर्दा नबल्किए सानु
जीवन हाँक्ने सारथि नै भराेसा हाे बुझ
विश्वास टुटाइ भित्र भित्रै नसल्किए सानु ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )