~भूपेन्द्र काफ्ले ‘नयन’~
तिमीलाई सम्झेर हाँस्न सकिन
प्वाल परेछ मुटु माया साँच्न सकिन
तिम्रो खुसीमा म पनि हाँस्थे सधै
तर तिमी डोली चढ्दा नाँच्न सकिन
तिमी अर्कैको पो भएर गयौ
तिम्रो जस्तो अन्तै माया भाच्न सकिन
टुटेर गएको मेरो मनको डोरी
अर्को मनको छेउमा गास्न सकिन
तिमी सग मेरो बिछोड काफी थियो
धोकेबाजको उपनाममा बाँच्न सकिन
तिमीलाई सम्झेर हाँस्न सकिन
प्वाल परेछ मुटु माया साँच्न सकिन
(स्रोत : रचनाकारको ब्लगबाट सभार)