~बिक्रम आचार्य~
हिजो साम्राज्यको चपेटामा लुछिएका
चिया बारी हरु
आज पनि नेपाली गीत गाउछन रे
ढाका टोपी र गुन्यु चोली लाउछन रे !!
सभ्यताको रङमन्चमा ,
भानुका ति भाषा हरु
अझै गुन्झिनछन रे त्यो दार्जिलिङमा
अझै बलभद्र जिवित छन रे ,
कुरा हुन्छ रे त्यहा पनि ” यो त खासमा नेपालहो भनेर ”
अनी निरास हुन्छन रे ” यता पारीका बर्तमान सुनेर ”
हो साँच्चै , पारीका चिया बारी हरुमा भोकको कुनै डर छैन
वारीका चिया बारीहरुमा , भबिस्य त के ? बर्तमानकै भर छैन ।
वारी कहिले उज्यालो बन्छ भनी कुरिरहेछन रे ! ति चियाका बोट हरु
ए काठमाण्डौ , लौन , गरौन उपचार , निको पारौ चोट हरु …………….
(स्रोत : Samyantra.com)