~सुदर्शन सापकोटा~
न म देबता हुँ न त दानब हुँ।
कर्मलाई धर्म ठान्ने म त मानब हुँ।
न म हिरा हुँ न त मोति हँ।
तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।
न म धनि हुँ न त गरिब हुँ।
तिमि सम्झमात्र म त तिम्रो करिब हुँ।
सुन!
न म बुद्ध हुँ न त हिटलर हुँ।
तिमि हेर यता म त दुबैको फिल्टर हुँ।
न म दिन हुँ न त राति हुँ।
सुःख-दुःखमा सघै म त तिम्रो साथी हुँ।
न म सोजो हुँ न त गध्दर हुँ।
शङ्का नगर म त ईमान्दार हुँ।
– सुदर्शन सापकोटा
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य संग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )