व्यङ्ग्य निबन्ध : मुण्डन

~भैरव अर्याल~Bhairab Aryal

एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको मुण्डन भएको रहेछ । सदस्यहरूमा मन्त्रीलाई के परी आएछ भन्ने खासखुस चलिरहेको थियो । विभिन्न किसिमका अडकल काटिँदै थिए । एकजनाले भन्यो– साथीहरू, दिमागमा टन्न गम्भीर विचार गर्न रौँको पर्दा हटाएको होला । कुनै अर्कोले भन्यो– सके मन्त्रीज्यूको परिवारमा कसैको मृत्यु भयो होला । तर मन्त्रीज्यू हिजो अस्ति जस्तै प्रसन्न देखिई रहेका थिए ।

आखिर एकजना सदस्यले सोधे– “अध्यक्ष महोदय, माननीय मन्त्रीज्यूको परिवारमा कसैको मुत्यु भयो कि क्या हो ? के म थाहा पाउन सक्छु ?” मन्त्रीले जवाफ दिए– “होइन ।” सदस्यहरूले के पनि अड्कल गरे भने मन्त्रीज्यूले उनको विरोधमा विधेयक प्रस्तुत गर्ने इच्छा गरेका थिए, उनीहरूले त्यसैले मन्त्रीलाई मुडिदिएका त होइनन् ? एक सदस्यले प्रश्न उठाए– “के माननीय मन्त्रीलाई आफ्नो मण्डन भएको कुरा थाहा छ ? छ भने उहा“को मुण्डन कसले गरिदिएको हो बताउन सक्नुहुन्छ ?” मन्त्रीले संयमित भएर जवाफ दिए– मेरो मुण्डन भएको छ कि छैन भनी म भन्न सक्तिन । कतिपय सदस्यहरू कराए– “मन्त्रीज्यूको मुण्डन भएको छ । हामी सबैले देखिराखेका छौं ।”

मन्त्रीले भने— “सबैले देख्दैमा केही हुँदैन । सरकारले देख्नुपर्छ । मेरो मुण्डन भएको छ कि छैन भन्नेबारे सरकारले जा“च गर्ने छ ।”

एकजना सदस्यले भने– “यसको जाँच अहिल्यै हुनसक्छ । मन्त्रीज्यूले एक पटक आफ्नो हातले टाउको छामी हेर्नोस् त !”

मन्त्रीले जबाफ दिए– “म आफ्नो हात टाउकामा पु¥याएर कदापि छामी हेर्दिन । सरकार यस मामिलामा जल्दबाजी गर्दैन । तर म बचन दिन्छु– सरकारले यसबारे विस्तृत जा“च गराएर सम्पूर्ण तथ्य सदनमा प्रस्तुत गर्नेछ ।”

सदस्यहरू चिच्याए– “यति जाबो कुराको के जाँच गरिरहनु पर्छ र ? शिर तपाईंको, हात पनि तपार्इंकै । आºनो हातले आफ्नै शिर छाम्नमा मन्त्रीमहोदयलाई के को आपत्ति ?”

मन्त्रीले भने– “शिर मेरो हो र हात पनि मेरै हो भन्ने कुरामा म सदस्यहरूसित सहमत छु । तर हाम्रा हातहरू परम्परा र नीतिहरूसित बा“धिएका छन् । म आºनो शिरमा हात राख्न स्वतन्त्र छैन । सरकारको एउटा नियमित कार्यप्रणाली हुन्छ । विरोधी सदस्यहरूको दबावमा आएर उक्त प्रणालीलाई भ¨ गर्न म सक्तिन । सदनमा म यसबारे वक्तव्य दिउ“ला ।”

साँझ, मन्त्रीज्यूले सदनमा वक्तव्य दिए—
“अध्यक्ष महोदय ! सदनमा मेरो मुण्डन भएको छ कि छैन भन्ने प्रश्न उठाइयो । मुण्डन भएको छ भने कसले गरेको हो भन्ने पनि सोधियो तर यो प्रश्न साह्रै जटिल छ । यसबारे तुरून्तातुरून्ति कुनै निर्णय दिन सरकार सक्तैन । मेरो कपाल खौरेको छ कि छैन म पनि भन्न सक्तिन । पूरापूर जाँच नहुन्जेलसम्म यसबारे सरकार केही भन्न सक्तैन । त्यसैले यसको जाँच गर्न सरकार तीन सदस्यीय एउटा जाँच समिति नियुक्त गर्दैछ । जा“च समितिको प्रतिवेदन म सदनमा प्रस्तुत गरौंला ।”

सदस्यहरूले भने– “यो मामिला कुतुव मिनारको होइन, जो सयौं वर्ष जाँचको लागि ठडिरहोस्, यो तपार्इंका कपालको मामिला हो, जो बढ्दै पनि जान्छ, काटिंदै पनि जान्छ । यसको निर्णय तुरून्तै हुनुपर्छ ।”

मन्त्रीले जवाफ दिए– “मेरो कपाललाई कुतुव मिनारसित तुलना गरेर मेरो अपमान गर्ने अधिकार सदस्यहरूलाई छैन । जहाँसम्म मूल समस्याको सम्बन्ध छ सरकार जाँचभन्दा पहिले केही गर्न सक्तैन ।”

जाँच समिति वर्षौसम्म जाँच गर्दै रह्यो, यता मन्त्रीको शिरमा कपाल बढ्दै गयो ।

एकदिन मन्त्रीज्यूले जा“च समितिको प्रतिवेदन सदनमा प्रस्तुत गरे । जाँच समितिको निर्णय यही थियो– “मन्त्रीज्यूको मुण्डन भएको छैन ।” सत्ताधारी पार्टीका सदस्यहरूले हर्षध्वनिसाथ यसको स्वागत गरे ।

सदनको अर्कापट्टिबाट ‘धत्तेरी धत्तेरी’ को आवाज आयो । विरोध चर्कियो– “यो एकदम झुट्टा हो । मन्त्रीज्यूको मुण्डन पक्कै भएको थियो ।”

मन्त्रीले मुसुक्क हाँस्दै उठेर भने– “यो तपार्इंको विचार हुनसक्छ । तर प्रमाण त चाहिन्छ । आज पनि तपाईंहरूले प्रमाण दिन सक्नुभयो भने म तपाईंहरूको भनाई मानिहाल्छु ।” यसो भनेर उनी आºनो हातले मुन्द्रे कपाल मुसार्न थाले, सदन अर्कै समस्या सुल्झाउनेतिर व्यस्त भयो ।

– मूल लेखक : हरिशंकर प्रसाई
(विजया, सामूहिक सङ्कलन, प्रथम वर्ष/प्रथम अङ्क, २०२७)

(स्रोत : फित्कौली डटकम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.