~कृष्ण पहारी~
कापिका पानाहरू च्यातिए झैं
जिन्दगीका पानाहरू पनि
पत्र(पत्र च्यातिएर
फेरि जिन्दगीले
जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
कहिले काहीँ त जिन्दगी
इतिहासका पाना पल्टाएर
आमाको न्यानो काखमा रमाउँदै
हाँसिरहन खोज्छ ।
कैलेकाहिँ त जिन्दगी
जवानीका अनुभूति कोट्याएर
बल दजाउँन खोज्छ
यसरि जिन्दगी पग्लदै पग्लदै
फेरि विगत र बर्तमान च्यातेर
जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
अनेकौं परिवेश भित्र
लड्दा लड्दै जिन्दगीले आज
करिव साठी बसन्तको पालुवाहरू
ओल्टो पल्टो गराइसकेछ ।
आँखी भौंका रौंहरू झराली सकेछ
तैपनि जिन्दगी आमाको अगाडि बस्दा
अझैपनि आफूलाई दूधे बालक सम्झेर
आमासँग पाहुर माग्ने आशा मारेको छैन
तैपनि जिन्दगीले
बुढीआमाको अगाडि
आफूलाई बुढो भएको अनुभव गर्दैछ
हिजो आज जिन्दगी
जति सम्झदै गयो
जति कोट्याउँदै गयो
डर लागेर आउन थालेको छ
थुप्रै आशाहरू थपिएर
एउटा दस्तावेज बन्दैछ जिन्दगीको
तैपनि कोरा कल्पनामा
आफूलाई पागल बनाएर
जिन्दगीले/जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
प्रत्येक पलपलमा
आसाका महासागरभित्र
जिन्दगी डुबुल्की मार्दामार्दै
अनूभुतिहरू कोट्याउँदैछ
र सम्झदैछ अतितर्
बर्तमान पखाल्दैछ
यस्तरी नै दूधे बालकका क्षणहरू
जवानीका उमंगहरू सम्झदैछ
आज जिन्दगी बुढो भएको सपना देखेर
रात बिताउँदैछ
विस्तारामा ओल्टो पोल्टो गर्दै
जिन्दगीले/जिन्दगी बुढो भएको अनुभव गर्दैछ ।
पोखराथोक, पाल्पा, तानसेन ।