~युवराज साम्पङ ‘जेठा’~
सन्तुष्टिको लागि आज, वेट फेरेको छु
बहालवाला सित नयाँ, रेट फेरेको छु ।
धेरै आए बाटो छेक्न, मेरो अघिपछि
उनिसित आउनेजाने, गेट फेरेको छु ।
खिच्नु पर्ने थरी–थरी, फोनमा फोटोहरु
त्यसैलेनै आज नयाँ, सेट फेरेको छु ।
कति बस्नु डर मान्दै, बन्द कोठाभित्र
होटल छाडी चौतारीको, डेट फेरेको छु ।
यताउती यौवनका, रस कति साटौ
प्यस मेट्न जवानीका, वालेट फेरेको छु ।
बासपानी खोटाङ
हालः इपो मलेसिया
(स्रोत : Nayasamachar.com)