~कविता पौडेल~
आमा कति रोएकी छन् सारै निरास भएकी छन्
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
नेता रैछन् बेइमानी खान लागे आमालाई
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
संविधान कता गयो देशै लाग्यो ओरालो
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
होडबाजी चल्दैछ अग्लो कुर्सी तानातान
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
तँछाड् मछाड् गर्ने आफ्नै पेट भरने
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
संविधान बन्दैन यो दरिद्र चालाले
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
लुछी लुछी खाइ सके छिमेकीले आमालाई
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
देशको इज्जता राख्न लौन उठ युवा हो
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश
कुर्सी मोह छोडि देऊ संविधान जोडि देऊ
चम्किदे जुन तारा हेर्छु मैले माइतीको देश ।
(स्रोत : शब्द-संयोजन भाद्र २०६८ अङ्क ८८ )