~राकेश कार्की~
पिउदिन भन्दा भन्दै अलिकति पिलाइदियौ
थपुँ थपुँ लाग्ने गरी यसमा यो के मिलाइदियौ
अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै
कस्तो नशा हो जादुको यो हृदय सिलाइदियौ
चाँद पनि हाँसे जस्तो तारा सबै नै नाचे जस्तो
मधुरो मैन बत्तीमा अति मजा दिलाइदियौ
छामुँ छामुँ लागिरह्यो खुशीहरु भेटिए जस्तो
सुस्त छुँदा औँलाभित्रै स्पर्शमा बिलाइदियौ
em>इन्जिनियर राकेश कार्की
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )