~सागर कार्की~
भर्खरै हिड्न सिकेको बच्चा जस्तै
ताते-ताते गर्दै
हिजो गर्भबाट निस्केको सपना
आज जनसंग्रामको चट्टि लगाएर
क्रान्ति भूमीमा
लडीबुडी खेलिरहेको छ ।
बोली फुटेको छैन
र पनि चर्का-चर्का नारा निकाल्दै
भोकाएको चल्लो जस्तै
कहीले यता लडिरहेको छ
कहिले उता लडिरहेको छ,
तर अवोध बालक छ सपना
न त कुनै पहरेदार नै छन्
टुहुरो, असाहाय र कलिलो मष्तिस्क
आज युद्ध भूमीमा उत्रिएको छ ।
अफसोच,
उसका कण्ठबाट चर्किएका रक्त
कसैका कानमा बज्न पुगेन
न त कोहि बेडेन भेटिए
न त कुनै बुद्ध नै प्रकट भए,
तिक्त तिक्त निभ्दै छ सपना ।
खबरदार !
मेरो गर्भको बाल सपना
फूल्न नपाउदै ओईलाई नझरोस् ।
भोकाएर शान्तिको लागि
कुनै सपना जीउदै नमरोस् ॥
(स्रोत : रचनाकारको ब्लगबाट सभार)