~दिपेन्द्र खड्का~
बसले बस रोकिने ठाउमा रोकी दियो चारै तिर हेरे कहिँ पनि गाडीको यात्रा देखिन गाडीको धंग धंगीले होला मलाई खासै उभिन मन परेन परबाट एउटा कालो चस्मा लागएको रिक्सावाल आएको देखे मुख पुरै ढाकिएको थियो मन मनै सोचे कतै धुले बाटोले पो हो कि भनेर वास्ता नै गरिन केहि समय पश्चात मेरो छेउमा आयो र टिरिंग टिरिंग घन्टी बजायो ।
रिक्श्वाल : कहाँ सम्म जाने दाई ? यो अन्तिम रिक्सा हो मेरो गई हाल्नु होस् पछि पाउदैन ।
मैले वास्ता नै गरिन नाथे रिक्सा त हो नि पाइएला नि भनेर वास्ता गरिन उसले मलाई फेरी पनि जाउँ जाउँ को संकेत गरिरहेको थियो तर मैले सुनेको न सुनै गरे घमण्ड गरिरहे केहि समय पश्चात रात पनि झमक्क पर्न लागेको थियो मलाई जानु पर्ने नै थियो त्यो बिरानो ठाउमा कसलाई चिन्ने र मैले आफ्नो गन्तब्य सम्मको भाडाको कुरा गरे रिक्सामा सबै समान हालेर लागियो होटेल तिर मेरो साथी पनि आउने वाला थियो त्यही दिन संगै हिडेका थियौ तर म पहिला आइपुगे ।
रिकसामा बसे पछि सबै कुरा सोध्न थाले रिक्सावाला लाई !
सबै कुरा मैले सोधे रिक्सवालालाई उ पनि मेरो घरबाट अलिक १०० किलोमीटर परको रहेछ ! मैले गोजीबाट पान निकालेर मुखमा हालेर चपाउन थाले घर आउने खुसीमा साथीहरु संग बसेर पिएको थिए त्यो धंग धंगी मेटिएको थिएन पिचित पिचित थुक्न थाले खै धित न मारेर होला फेरी सुर्य चुरोट सल्काएर बंग बंग धुँवा फ्याक्न थाले । मैले पान र सिगरेट पिएको देखेर रिक्श्वालाले प्रस्न गर्न थाल्यो — किन तपाई यति धेरै मादक पदार्थ प्रयोग गर्नु हुन्छ यति धेरै प्रयोग नगर्नु है सर रोगले च्याप्छ । रिक्सावाल जोडले रिक्सा पेल्दै थियो कहिँ कहिँ त उकालोमा ओर्लेर पनि धकेल्थ्यो मैले मेरो गन्तब्य को लागी थोरै पैसा कम्ति गर्न लगाको थिए तर उसको दुख देखेर मेरो मन छोयो किनकी हामीलाई रक्सि चुरोट खानको लागी हजार हजार भने पनि खर्च गर्न पछि पर्दैनौ जाबो एउटा मजदुरी गर्ने मान्छेलाई दिन हिच किचाउछौ । केहि सोध्न मन लाग्यो मलाई यो साझ पखको बेला पनि तपाई कालो चस्मा लगाएर हिड्नु हुन्छ किन ? के भएको छ तपाईलाई ? कतै तपाइको आँखा त ?
रिक्सावाल भाबुक भयो — हो सर मेरो एउटा आँखा छैन । यो भन्ने बितिकै मेरो मन भक्कानियो एउटा आँखा न भएको मान्छेलाई मैले भाडामा कम्ति गरे म आफै आफैमा पछुतो परे । फेरी सोध्न मन लाग्यो कसरी यो सब भयो त ?
रिक्स्वाला ले भन्यो :- भो त्यो बिर्सेको कुरा नगरौ सर ? त्यो कुरा सम्झिंदा भकानो फुटेर आउछ मलाई त्यो बेलामा मेरो सबै परिवार गुमाए अहिले मेरो कोहि पनि छैन भर्खर बिहे गरेको थिए भो सर अरु कुरा गरौ ।
कसरी आँखा गुम्न गयो तपाईको ? फेरी पनि सोध्न मन लाग्यो मलाई..
रिक्स्वाल : लडाईमा परेर हो सर !
टिरिंग टिरिंग घटी बजायो रिक्सावालले गाडीले साईड दियो । गाडी आफ्नो रफ्तारमा चलिरहेको थियो । फेरी रिक्स्वाल बोल्यो — खुशी लाग्छ यो चोकको मान्छेहरु देखि सर !
किन र ? मेरो प्रश्न थियो !
रिक्स्वाल : किन कि यो चोकबाट मैले मात्र यात्रु उठाउन पाउछु सर यहाँका ठुला मान्छेहरुले यो छेत्र मेरो मात्र भनि दिएका छन् र खुशी छु सर ।
फेरी पनि अर्को चुरोट सल्काउदै बोले :- हो नि दुखि र आसय माथी सहयोग गर्नु पर्छ यो नै मान्छेको धर्म हो होइन र । रिक्सा पेल्दै बोल्यो :- मेहनत र पसिनाको कमाई खान्छु कसैको एक पैसा तल माथी गर्दिन न पत्याए सोध्नु होस् यहाँ सबैलाई यो छेत्रको भाडा कति हो भनेर सर , दुखको परिश्रम त माग्न पाइन्छ नि होइन र सर !
उसको दुख देखेर मलाई टिठ लाग्यो मैले पनि भने — हो भाइ हो ! केहि समय पश्चात होटेल आईपुग्यो उसले पाउने भन्दा पनि धेरै भाडा दिए खुसीले मेरो सारा समान कोठा सम्म नै पुर्याई दियो म पनि खुशी भए उ पनि खुशी भएर गयो यस्तो महसुस भयो कि जिन्दगीमा पहिलो पटक राम्रो काम गरे जस्तो लाग्यो । उसले मलाई धन्यवाद दिएर खुशी हुदै हात हल्लाउदै गयो ।
सहरको भिड जता ततै हो-हल्ला मात्र थियो कोठामा सबै समानहरु राखेर बाहिर फेरो निस्केको थिए घुम्नलाई बस पार्कको चोकमा एउटा हल्ला सुने :- ल आउनु होस् डाईसको गोटी मिलाउनु होस् ५०० को २५०० , २५०० को ५००० हजार ५००० को डबल १० हजार यस्तै आवाज आई रहेको थियो के रहेछ भनेर सोच आयो र म पनि हेर्न गए त्यो ठाउमा सबै जना झुरुम्म बसेका छन मलाई खासै मन लागेन त्यहाँ बस्न किनकी तिनीहरु सबै नकारात्मक काम गर्ने मान्छेहरु हुन् भनेर थाहा भयो ! एकै छिनमा सबै भिड भाड भयो खेल्न पनि थाले कसै कसैले त पैसा मार्न पनि थाले मेरै आँखा अगाडी एक जनाले ५००० मारेर हिड्यो म छक्क पनि परे केहि समय पश्चात एउटा गाउको अधबैसे मान्छे आयो मलाई सोध्न थाल्यो मैले भन्नु भन्दा पनि त्यहाँ खेलाउने सबैले भनि रहेका थिए त्यो मान्छे पूर्व बस्ने धनकुटाको रहेछ विदेशबाट आज नै आएको रहेछ हामी संगै एकै होटेलमा परेछौ कस्तो सन्जोग एकै ठाउँ जाने पूर्व नै ! हाम्रो सल्लाह अनुसार संगै बस्ने भयौ अनि म आफ्नो कामले एक छिन् त्यो ठाउँ छोडेर दाई संग बिदा मागेर हिडे कोठामा नै भेट्ने सल्लाह गरेर । बेलुका कोठामा पुगे दाईलाई सोधे :- के भयो दाई किन अनुहार मलिन देख्छु नि ?
लामो सुस्केरा हाल्दै बोल्यो :- खै के भन्नु र भाई ? विदेशबाट कम्पनि टुटेर आएको थिए ३५००० हजार लिएर आएको भाई पैसा जति सबै त्यो डाईस खेलाउनेहरुले खाइदियो । रिसाउदै म बोले :- किन खेल्नु भएको त ? तपाईलाई थाहा थिएन खेले पनि ५०० खेलेर उठेको भए हुने थिएन त ?
निरास हुदै दाई बोल्यो :- होइन भाई सुरु सुरुमा मैले मार्दै गए मार्दै गए – अब खेल्दिन भनेको त हुदैन हाम्रो पैसा सबै खानु भयो अब एकै पटक १५ हजारको ३० हजार आउछ डबल भनेर भन्यो मैले हानेको २० हजार को ४० हजार आउछ भनेर तर अन्तमा मरेन भन्यो र पैसा सबै सोर्यो मैले केहि गर्न सकिन उनीहरु धेरै थिए भाई ।
मलाई रिस उठ्यो के गर्नु र बिरानो ठाउँमा तर पनि गएर सोध बुझ गर्ने सोच आयो र दाई र म गयौ त्यो ठाउँमा । जब त्यो ठाउँमा पुगियो सुनसान थियो न डाइस खेलाउने मान्छे थिए न खेल्ने नै एक जना चिया पसले साहुजी सग सोधे !
साहुजी यहाँ अगि डाइस खेलाउने केटाहरु थिए नै देख्नु भयो ?
साहुजी :- किन र ?
हेर्नु न हाम्रो दाईको ३० हजार जति लुटी दिएछन ।
साहुजी :- हेर्नु भाई तिनीहरु चोर , फटाह र लुटेरा हुन् सोझा साझा देखे भने त लुटी नै हाल्छन अब तिनीहरु यहाँ आउदैनन अर्को ठाउँमा यसै गरि पैसा लुट्छन भाई ।
मलाई रिस उठ्यो :- अगि खेल्ने मान्छे धेरै थिए त प्रहरीलाई भन्दा हुदैन साहुजी ।
साहुजी :- तिनीहरु खेल्ने होइन तिनीहरुकै साथी हुन् राखे जस्तो गर्छन अनि अरुलाई झुक्क्याउछ्न र प्रहरीलाई भन्नु ब्यर्थ हुन्छ भाई उल्टो पैसा खर्च मात्र हुन्छ बरु आफ्नो बाटो लागे हुन्छ ।
साहुजीको कुरा सुनेर छक्क परे ! हुन पनि हो बिरानो ठाउमा कसको सहारा लिने दाईलाई सम्झाउदै लिएर गए कोठा तिर भोली पल्ट आफ्नो आफ्नो बास स्थान तिर प्रस्थान गर्ने आस बोकेर ।
त्यसैले तपाईहरु पनि यस्तै काममा फस्नु होला बेलैमा सचेत र होस् पुर्याएर हिड्नु होला ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )