~दिवाकर स्वप्नील~
“ए , सन्तबहादुर !”
“हजुर सर”
“गाडीमा तेल छ ?”
“छ सर”
“ए , ल तयार होउ,आज बाहिर जानुपर्छ” अफिसको हाकिमले गाडी चालकलाइ अह्राए । सन्तबहादुर गाडीमा गएर सीट पुछ्न थाल्यो । पानी हाल्यो र कहाँ जाने?दोधारमा प्रतिक्षा गर्न थाल्यो । एकैछिनमा अधिकृत र ना.सु. अफिसबाट बाहिर निस्किए । आएर सीटमा बसे र चालकलाइ अघि बढाउने आदेश दिए । ड्राइभर पनि मनमा आचम्म मान्दैथियो । हैन यो कहाँ जान लागेको?जुन ड्राइभरलाइ समेत नभनेर मिनेटमिनेटमा दायाँ मोड र बायाँ मोड भन्छन? उसलाइ दिक्दार लागेछ,भन्यो – “सर कहाँ जाने त्यो त भन्नोस ,मलाइ गाह्रो हुन्छ यो पाराले त”
त्यसपछी ना.सु ले भनेँ-“हामी अनुगमनमा हिडेको क्या सन्त । हामी भन्दा पहिला कुरा न पुगोस भनेर गोप्य राखेको । ल (…..)तर्फ हिड त ।”
चालकको कानमा खुसुक्क केही कुरा भने । सन्तले टाउको हल्लायो । बल्ल पो उसले ख्याल गरेछ,पछीपछी पुलिसको गाडी । एउटा कपडा कारखानामा पसे । कामदारहरु आधा बेसी बालबालिका थिए । मालिकलाइ बालश्रम शोषणको आरोपमा लिखित कारण माग्दै कारखाना शिलबन्दी गरिदिए ।केही दिनमा बन्द हुँदा अरबौ नोक्सान हुने ठानेर कारखाना भने चल्नपाउने आदेश आयो तर उसको मुद्दा अदालतमा दर्ता थियो ।
“हजुर एक हप्ता भयो केही खा’को छैन , दुइ चार रुपियाँ दिनोस” “हेर मान्छेको नाटक । ओए केही खा’को छैन भन्छस् ? बरु डेन्ड्राइड किन्ने पैसा पुगेन भन न” पशुपति मन्दिर जाने बाटोमा माग्नेलाइ रुखो ब्यवहार गर्दै एक सज्जन धर्म कमाउन मन्दिर छिरे ।
“हजुर हजुर हजुर …..” ऊ कराइरह्यो । उसका पेशा पनि त यही थियो।
“अरे ओए फुच्चे , तँलाइ त मैले एक महिना अघि त्यो गार्मेन्टमा देखेको थिएँ । तँ यहाँ कसरी ?”
“हो हजुर म गार्मेन्टमा काम गर्थे । एउटा दिन पुलिस आयो र हाम्रो साहुजीले भोलिदेखि हामीलाइ निकालिदियो , अहिले कोही पलास्टिक टिप्दै हिड्छ ।…हजुर केही खानेकुरा छ ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)