~बिकास सुबेदी~
यसैबर्स एस.एल.सी. दिने हुनाले म बर्षे बिदामा टुसन् पढेर राम्रो अंक ल्याउने मेरो इच्छा छ | यसै अनुरुप हाम्रो विद्यालयले पनि बिहान ६ बजे देखि १० बजे सम्म चारवटा बिसयमा टुसन पढने ब्यबस्था मिलाएको छ | आज पहिलो दिन पढाई हुने हो या गएर रमाइलो गरि फर्कने हो एकिन थिएन | तापनी साथीहरु झोला बोकेर बिद्यालय गएको देखेर मा पनि कम्मर कसेर हिडे | बाटो हिलो थियो | बर्षा समय चिप्लिदै म बिद्यालय पुगे | बिद्यालय पुगेपछि पढाई सुरु बिज्ञान बाट भयो | गुरुत्वाकर्षण बल पढदैथियौ अचानक एउटा सोच आयो | यदि चन्द्रमाको बाटोमा हामीले लगेर ढुंगा रखिदियेमा त्यसले त्यही बाटो भएर जाला कि अड्केला भन्ने दोधार भयो | मैले यसै प्रश्न शिक्षकलाई सोधे | सबै विद्यार्थी मलाई गिज्यौदै हासिरहेका थिए | म भने त्यसको मतलबनै नगरी लगातार आफ्नो प्रश्न राख्दै थिए | अझ यसमा थप्दै घरमा खेल्ने मोटर अन गरेपछि ठुलो चुम्बक नजिक लाग्दा त्यो मोटर नघुमेझै चन्द्रमाको बाटोमा त्यत्रै पिण्ड राखिदिए के चन्द्रमा त्यही अडिन्छ त ? भनेर प्रश्न राखे |”अब विकास ले सर लाई जिस्काउन थाल्यो |” भनेर साथीहरु हासो उडाउन थाले |
संसारको सामान्य कुरा हो | कुनै बस्तुलाई पृथिबीले आफु तिर तान्छ | तर न्युटनको समयमा यो कुरा थाहा थिएन | एकदिन बगैचामा बस्दै गर्दा न्युटन्को नजिकै रुखबाट स्याउ झरेछ | उनले किन स्याउ भइतिरनै खस्यो भनेर गुरुलाई प्रश्न गर्दा गुरुले “रुखबाट स्याउ भइतिर नझरेर के आकाशतिर जान्छ त ? ” भनेछन | सारा बिधार्थीहरुले न्युटन को यो प्रश्न को खिल्ली उडाए | यसै बिषयमा गहन अध्यन पश्चात न्युटनले गुरुत्वाकर्षणबल तथा चाल सम्बन्धि नियम प्रकासित गरे जसबाट बैज्ञानिक युगलाई थप ५०० वर्ष अनुसन्धान गर्न प्रेरणा मिल्यो |
चलर्स डार्बिनले “मानिस कसरि बन्यो ” भनेर त्यस समयको धर्म गुरुलाई सोधेको कुरा भेटिन्छ | यस प्रश्नमा “यस्तो मुर्ख प्रस्न सोध्छ्स ? मान्छे लगायत समपूर्ण प्राणी जगत इश्वर को देन हो “भनि ठाडो जबाफ दिए | त्यस पछी उनले यस मुर्ख जस्तो लाने प्रस्नको बृहत अध्यन गरे | फलस्वरुप ‘जीव विकास विकास को सिधान्त ‘ प्रमाडित अरिदीय |
मैले सोधेको प्रश्नले म उनीहरुभन्दा महान बैज्ञानिक बन्छु भन्न खोजेको होइन तर बुद्धले क हो दुख किन हुन्छ ? क हो मानब जागत ? क गरे सार्थक क गरे बेकार ? भनि एक राजकुमारको सोचाइमा आउनुपर्ने प्रश्न थिएन त्यो न उनको लागि उपुक्त तर उनको यही सोचले आज मानब जगतलाइ अरुको सेवामा लग्न प्रेरणा मिलेको छ | त्यही बेकारको प्रश्नले आज उनि संसारमा पुजनीय छन् | क्राइस्ट को पनि कुरा उस्तै हो सामन्ती हरु बीच उनको मानब सेवामा अर्पित बिचारले आज उनि महान छन् |
प्रसिद् बैज्ञानिक अल्बर्ट आइनसटाइन का अनुसार “ज्ञान निर्माण गर्ने कुरा हो हस्तान्तरण गर्ने कुरा होइन त्यसै अनुसार विद्यार्थीले किताबि ज्ञान रट्नेहो कि मेरो जस्तै मुर्ख प्रश्न सोधेर आफै ज्ञान बनाउने र त्यही ज्ञान राष्ट्र सेवामा अर्पित गर्ने हो ? प्रश्न खडा हुन्छ | उनि भन्छन “मा मेरो बिधार्थी लाइ पाडाउदिन मात्र पड्ने बाताबरण मिलाईदिन्छु | ” यो कुरा सुन्दा मुर्ख जस्तो लाग्छ तार यही सोचले आज अमेरिका धेरै माथि उठिसकेको छ | जसका जनताले आजपनि मुर्ख प्रस्न सोधिरहन्छन |
मेरो भनाइ यति मात्र हो कि सामुदायिक विद्यालयको सिकाई उपलब्धि बडाउन विधार्थीलाई सबै प्रश्न आफैलाई सोध्न लगाउन पर्छ जसमा धेरै मुर्ख जस्तो प्रश्न होस् तर यो चाहि सधै बिचार गर्नुहोस कि संसारमा मुर्ख प्रश्न हुदैनन् | जो मुर्ख छ उसले अतिनै राम्रो कुरा पचाउन सक्दैन र राम्रो कुरालाई पनि मुर्ख भनिदिन्छ |
विकास सुबेदी (श्री बज्रबाराही उ.मा.बि बज्रबाराही,थाहा नपा ,मकवानपुर कक्षा १० )
विद्यार्थी को जिज्ञासा (एक माध्यमिक बिधार्थीको बिचार )
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )