~रामलाल जोशी~
हाँसेकै छु सयौंबीच, बाँचेकै छु हजारमा
तिमी छैनौ र पो एक्लो भएँ आज बजारमा ।
छोडिगयौ कहाँ एक्लै प्रतीक्षा नि लामो भयो
तिमी आउने बाटो हेर्दै बसेको छु दिवारमा ।
रुवाउँछ समयले जिन्दगीलाई दुखाउँछ
पर्खाएर बोलाउँछ वसन्तको बहारमा ।
कथा–व्यथा जिन्दगीका गीत कति लेखिएछन्
तर भाग्य लेखिएन गरिबको निधारमा ।
राज्यको भाग मिल्नेछैन वनवासी पाण्डवलाई
शकुनी छन् मन्त्रीहरू कौरवको दरवारमा ।
अयोध्याभो कैकेयीको हस्तिनापुर कौरवको
‘रामु’ तेरो रामराज्य कहाँ देखिस् संसारमा ।
अध्यक्ष रामलाल जोसी
सुदुर पश्चिमान्चल साहित्य समाज
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)