~दिपेन्द्र खड्का~
( तिमीलाई माया गर्नु मेरो भुल हो भने)२
( दुख पर्दा साथ दिनु यदि पाप हो भने )२
तिमी के सजाय दिन्छेउ, म भोग्न तयार छु
तिम्रो खुसीको लागी हजार चोट सहन तयार छु
हो..हजार चोट सहन तयार छु
—————————————————–
( तिम्रो लागी यो ज्यान पनि दिन तयार छु )२
( यदि तिमी खुसि हुन्छेउ भने )२
तिम्रो लागी बिष पनि पिउन तयार छु
( यदि तिमी स्वीकार गर्छेउ भने )२
तिमी के सजाय दिन्छेउ, म भोग्न तयार छु
तिम्रो खुसीको लागी हजार चोट सहन तयार छु
हो..हजार चोट सहन तयार छु
———————————————–
दुनियाँमा मैले पुज्ने देवता भन्दा पनि
तिमीलाई पुजा गरौ झैँ लाग्छ
कति बस्नु टाढा भई सधै तिमी बाट
( तिम्रै छेउमा बसाई सरु झैँ लाग्छ)२
तिमी के निर्णय गर्छेउ,म लिन तयार छु
तिम्रो खुसीको लागी हासी- हासी मर्न तयार छु
गीतकार : दिपेन्द्र खड्का
स्वर : गोबिन्द मधुर आचार्य
संगीत : गोबिन्द मधुर आचार्य
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )