~सागर कार्की~
झरीको भेल सँगै
बग्दैछ समय,
जसै गुड्दैछ रेल
जिन्दगीको पट्रीमा ।
सुरुवात गन्तव्यको
भिन्न भिन्न पट्रिमा होला
सोच,
तिम्रो स्टेसन, मेरो स्टेसन
एकै हुन् फरक छैनन् ।
रमाऊ, हाँस, खेल मोज गर
रोकीनु छदैछ एकै स्टेसनमा
मृत्यू
मेरो स्टेसन, तिम्रो स्टेसन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)