~स्नेहा अर्याल~
सृष्टि कर्ता यिनै नारी बुझेनन् खै किन ?
धर्ती माता सबका दाता होइन भने भन ?
दु:ख,पीडा, वेदना नै हाम्रो भागमा हो त ?
विषलाई नि अमृत भनी पिउनु पर्ने भो त
आखिर जन्म चोट खप्न लिएकानै हुन त ?
आकाश यिनका मन अनि नारी हो नि जुन त
किन ?आझ बुझ्दैनन् खै नारी पुरुष एक
सारा समाज हेर्दै जानु हामी मार्छौ मेख
३३% भाग तिनको भनी गर्छन् किन? कुरा
बल्झिएको मनको घाउमा नरोप भो छुरा
सक्छौ भने व्यबहारमा समान हक गर
हिम्मत यदि छैन भने आफ्नो मुख बन्द गर
नारी नै हो तिम्रा लागि मनको बह पोख्ने
पुरुष तिमी तराजु भै नगर भो जोख्ने
यदि तिम्रो मन भए नारी दमन बन्द गर
सक्छौ सम्मान गर नत्र अपमान नगर
किन ?आज फुकि हिड्छन भन्दै नारी दिवस
नारी पीडा देख्दा सारा म त हुन्छु विवश
सारा देवी नारीनै हुन किन गर्छन हेला
लौन नारी जागौ अब एकजुट भै भेला
(स्रोत : Nepaladelaide.com)