~मनोज आचार्य “बादल”~
बोल्दिन म भनेको थे ऊनीसँग आजकल
अनी लाटो भएछु, आफैसँग आजकल
**
खुसि अनी रमाईलो आजकल कतै उडेजस्तो
गुनासो छ अलीकति ,आफैसँग आजकल
**
एकान्तमा बादल हेर्दा देख्छु तस्बिर उनकै
सोध्छन् प्रश्न नयनहरु, आफैसँग आजकल
**
जता हेर्छु तेतै देख्छु प्यारका निशानिहरु
अन्धों बन्ने कोशिश गर्छु, आफैसँग आजकल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )