युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~Gopal Yonjan

केटा – हिमाल सरि म अग्लीरहेछु
समात समात समात मलाई

केटि – बादल सरि म पग्लीरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई

केटा – यी तारा कति छन्, म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पिपल अंगालेर बस्छ
तिम्रो मेरो साइनो उतैतिर खोज, उतैतिर सोध

केटि – दुलही सरि म सजिरहेछु, उचाल उचाल उचाल मलाई
म खोला बनेर सुस्तरी आउँला
तिम्रो सागरमा कहिं ठाउं देउ
तिम्रा सारा तृष्णा मै मेटीदिउँला
मलाई तिमि नै समेटिन देउ, समेटिन देउ

केटा – आकाश सरि म फैलीरहेछु अंगाल अंगाल अंगाल मलाई
केटि – म बादल सरि पग्लीरहेछु
केटा – हिमाल सरि म अग्लीरह

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र अरुणा लामा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.