~सन्तोषी पहरी~
जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई ।
लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई ।
जून हैन तारा पनि, तिमी भए हुन्छ ।
एकै छिन टाढा हुदा भित्री मन रून्छ ।
यो जिन्दगी तिम्रै लागी, साचेको छु मैले ।
धड्कन हाम्रो एउटै नै हो सास रोकिन्न कहिलै ।
तिम्रो लागी यो संसार, पनि छोडि दिन्छु।
तिम्रो मुटु संग मेरो मुटु जोडि दिन्छु।
यो धर्तीमा आको नै म तिम्लाई माया गर्न ।
तिम्रो हुन नसके म, बरु सक्छु मर्न ।
जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई ।
लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई ।
(स्रोत : Pahichanaphnai.com)