~सुरेन्द्र महर्जन ‘अमर’~
बाँचेर सँधै हाँसी रहूँ हृदयको चाहना
म मर्छु देश बाँची रहोस् यही सपना ।
चन्द्र अनि तारा चम्की रहोस् सँधैभरी
म मरे नि देश बाँची रहोस् सँधैभरी ।
हिमाल पहाड तराईमा नेपालीको वास
देशकोलागि मर्न सकूँ रहेसम्म श्वास ।
(स्रोत : अन्तरमन को साहित्य)