~असफल गौतम~
दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन्
कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन्
खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ?
मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन्
कतै पेट भोको कतै ह्विस्की र ब्राण्डी नाचेको छ
महलमा सम्पन्नता झुपडीमा जनता हारेका छन्
के पर्व आउनु दुखीको घरमा श्रम कैदी हुन्छ
चाँडै बितोस् भन्दै मुस्किलले दिन टारेका छन्
हरेक वर्ष यो बेला मनमा चोट पर्छ गहिरो
संस्कार जातभातका नाममा चुलोचौको बारेका छन् ।
(ठूलाडिही–६ स्याङ्जा)
(स्रोत : सत्यतथ्य मासिक)