कविता : भ्रमित प्रतिविम्व

~मुकेश राई~ Mukesh Rai

देखिने ती आकृति सबै सक्कली नहुन सक्छन्
लेखिएका इतिहास सबै सत्य नहुन सक्छन्
माग्नु र दिनु
बुझ्नु र नबुझ्नु
सिक्काको दुई पाटोझैँ
हेराइ र बुझाई
बँचाई र भोगाइ
यो जिन्दगीको !

टुक्रिने र फुट्ने सबै काँच हुन्नन्
के तिमीले टुक्रिएको मन देख्या छौ ?
जब आस्थाको महलमा
अन्तर्घातको हुरीले घात गर्छ,
अनि
कल्पनामा उभिएको आस्थाको महल
बालुवाको महल झैँ तहसनहस बन्छ,
घात गर्न सहज छ तर
तिमीले घात सहन गरेको छौ ?
हो सोचे जस्तो सबै
उस्तै कहाँ हुन्छ ?

झरी बर्षने सबै साउन हुन्नन्
के तिमीले कहिल्यै आँशु बर्सिरहेको
नजर देख्या छौ ?
हेर, भोग र बुझ अनि महसूस गर
टल्कने सबै हिरा हुन्नन्
हो देखिएका सबै आकृति उस्तै हुन्नन्
हुनसक्छन् देख्नेको आँखा फुटेर
सुन्नेको सहि भएको झुट्टो सत्य झैँ
ती दृष्टि भ्रम अनि भ्रमित प्रतिविम्व !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.