~दोषबिहिन टुहुरी~
यसपाली नि बाढीपहिरो गाउँ बग्यो अरे
दुखियाको दु:ख माथी चोट थप्यो अरे
पोहोर पनि यस्तै भेलले गाउँ रुवाए थ्यो
तल्ला घरे ठुलीको त सिउँदो पुक्षिए थ्यो
यसपालिको पहिरोले घरै बग्यो अरे
दुखियाको दुख माथी चोट थप्यो अरे
प्रदेशीलाई घरकै पिरले निन्द्रा भोक छैन
दुखी कर्म जहाँ गएनी शान्ति कहिँ छैन
बर्खे खोला उर्लिएर गाउँ पस्यो अरे
दुखियाको दुख माथी चोट थप्यो अरे
दोषबिहिन टुहुरी
(स्रोत : रचनाकारले स्वयं ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )