~अतित मुखिया~
सिंगो एउटा कोष
बिकशित हुदै सहस्र भयो
जिवाणु जिव बन्यो
शरीरमा आवश्यक अंग पलाउदै गयो
अनावश्यक सायद विलाउदै गयो
जलचर, स्थलचर, उभयचर भै
यत्रतत्र सर्वत्र छायो ।
सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले
जन्तरवनाई डार्विनको गलामा झुण्डायो
विकाशबादको डार्विन टाई ।
अमिवा,
आजपनि एउटा पुरातन अस्तित्व
भाले पोथीमा बर्गिकृत नभएरै
अझै सन्तानवृद्धि गर्दैछ
आवस्यकता छैन उसलाई मैथुनको
अनौठो प्रकृयाछ सन्तान उत्पादनको
गर्मि सिजन होस या जाडो सिजन
“मल्टिपल फिसन” होस या “वायनरी फिसन”
आफैमा विभक्त भएर धेरै हुन्छ
उ आफ्नो सन्तान खुदै बन्छ ।
थाहा छ ?
मान्छेको एउटा उखान छ
“बाँदरले आˆनो घर’ नी वनाउदैन अरुको’ नी भत्काउछ” ।
प्राणी जगतमा मान्छे बिवेकशील चोला
सायद बादरकै सन्तान भएरै होला
मानिस आफ्नै घरपनि भत्काउदैछ
अरुको पनि भत्काउन भ्यउदै छ ।
अल्फ्रेडले डाइनामाइट हत्याए
दाम कमाए अनी नाम कमाए
जव यो पड्क्यो उनी आफै भित्र
आफुसँग उनी आफै डराए
दोषी ठान्दै आफुले आफैलाई
आत्तिदै आफुलाई विध्वंसक ठहराए ।
यसैले आजपनि उनी
आफ्नै आविस्कारको प्रायश्चित स्वरुप
नोवेल पुरस्कारको रिस्वत बाँडदै हिड्छन्
शान्तिको कामना भाक्दै हिड्छन्
हगिसके पछी दैलो देख्छन् ।
अमिवा,
आजपनि गर्व छ उसलाई अमिवा हुनुमा
किन्चित पश्चाताप छैन जिवाणु हुनुमा
उ दीर्धजिवी भएर जिवान्त छ
उ अध्यावदी छ पर्यन्त रहन्छ
किनकी,
कहिल्यै बर्गशत्रुमा बिभाजित हुदैन ऊ
कहिल्यै जाती शत्रुमा बिभक्त हुदैन ऊ
यसैले शून्य भएरै चीरायू छ ऊ
जिवाणु भएरै दीर्धायू छ ऊ
अभय छ यसैले उसकै बिजय छ ।
ऊ……
मान्छेको मानव हुनुको अभिमान
ब्याक्टेरीया बनेर चाट्न सक्छ
मानवीय अहं अस्तित्वलाई
भाईरस भएर मेट्नसक्छ
यसैले मान्छे,
त्रिलोक विजयी भएरै पनि आज
सूक्ष्म भाइरससँग आजित छ
सूक्ष्म जिवाणूसँगै पराजित छ ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )