~होम सुनुवार दशुचा~
कल्पनाका भेलहरुमा डुबुल्की मार्दै
भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै
ममताको महलमा राज गर्ने किन रोएका ?
मध्यराति सुनसानमा किन चिच्याएका ?
चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका
मलामीहरु एक अर्का आफै भौँतारिरहेका
आज मसानघाटमा बिरमसान पो जागेछ
उसैको जादुले चिताको लाश नै भागेछ
चित्रागुप्तले के लेखेका थिए खोई कुन्नी
खित्का छोडेर रमिता हेर्दै सबै ऋषी र मुनी
कस्ले कहिले पत्ता लगाएको ती अनेकौँ लोक ?
जति खाए पनि नमेटिने कस्तो हो यो भोक ?
यमराजको हुकुम झैँ समयले सीमापार
मसान र लाशले मलामीलाई छापामार
मरेर जाने कहाँ आखिर जन्मेको ठाउँलाई भार
भनीदेउ यमराज लडाईमा कस्को जित कस्को हार ?
अनसन कि तपस्या कुन चाहीँ हो भोक ?
यस्तैबाट सृष्टि हुने आत्माघाती रोग
मेटाएर हुने भए छैटीको त्यो जोग
सबैले गर्ने थिए यमलोकको उपभोग
अचम्म कै रहेछ यो भोगको रोग
कसैलाई खाएर कसैलाई नखाई रोग
कसैलाई धेरै खाएर कसैलाई कम खाएर
कसैले धेरै चपाएर कसैले नचपाएर
साँच्चै नै विचित्र सारा भोकको रोग ।
(स्रोत : सत्यतथ्य मासिक)