~अभागी मिनम घायल असफल~
गल्ती मैले मात्र गरेको थिईन
तिमी पनि त समिल थियौ
माया मैले मात्र गरेको होइन
तिमी पनि त राजी थियौ
स्वार्थी रै’छौ माया तिमी
मलाई छाडि नयाँ बाटो खानेउ अरे!
पापी रै’छौ माया तिमी
मेरो मायालाई मारी अन्तै डेरा सारेउ अरे!
गल्ती मैले मात्र गरेको थिईन
जब परिस्थिति आइ पर्यो, जाल बुन्दै तिमी तर्की गयौ
जीवनका सारा दु:ख मैले मात्र झेल्नु पर्यो
जब रुनु पर्ने दिनहरू आयो, खुसी खोज्दै तिमी टाढी गयौ
अतीतका आशु मैले मात्र आँखाबाट पोख्नु पर्यो
गल्ती मैले मात्र गरेको थिईन
तिमी पनि त् सामिल थियौ
माया मैले मात्र गरेको होइन
तिमी पनि त राजी थियौ
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )