कविता : एउटा लामखुट्टेको आतंक

~गोविन्दप्रसाद आचार्य~

सानो जीउको सानो आवाज धुन वा गुनगुन
कानकानमा सुनाउँदै आइरहेछ
प्रकृतिले धुन भरेर पठाएजस्तो एउटा सानो जीव उडिरहेछ !
जति उडेपनि कैले कुजिदैनन कैलै थाक्दैनन् परेवाहरू
धुन भरिएको सानो जीव कहिल्यै रोकिदैनन् आवाजहरू
कति वाठो छ लामखुट्टे फकाइ फकाइ तनातनी रगत पिउने गर्छ !
एकातिर धुन सुनाउँदै सुटुक्क दाउ हेर्दै चुटुक्क टोक्ने गर्छ !
एउटा सानो लामखुट्टे चोर कलाको गुरू जस्तो !
एउटा झनो लामखुट्टे चोरको पाठशालाबाट प्रमाण पत्र लिए जस्तो !
सभ्यता चाटि चुसी मजाले रस खाइरहेछ
छापामार शैलीमा झुक्याउँदै छक्याउँदै ! एउटा लामखुट्टे आइरहेछ !
आआफ्नै गालामा कुटाइ खाइरहेछ
धुनले ध्यान तान्यो चोर लामखुट्टे अर्कै दाउ हेरिरहेछ।
साँच्चै नपत्याउने खोलाले बगाउँदो रहेछ।
साँच्चै एउटा सानो लामखुट्टेले ठूलै आतऒ्ढ मच्चउदो रहेछ।
अल्छि तिघ्रेको चर्को अनि डर लाग्दो आवाजले विश्व खाइरहेछ।
छुदा मरिहाल्ने लामखुट्टेले झुक्याइ झुक्याइ कति रगत खाइरहेछ।
कसैलाई लाग्दो हो रगत खाने लामखुट्टे केही भन्न आइरहेछ।
कसैलाई लाग्दो हो केही सुनाउन आइरहेछ।
कोही भन्दा हुन् प्रकृतिको जीव रगत खाएर बाँच्ने अधिकार छ !
कोही भन्दा हुन् रगत कसैको पेवा होइन मन लाग्दो कान सक्छ !
पसिना र रगत खानेहरू बाठा हुन्छन् रे चोरी चोरी
खान जान्नेहरू भाग्यमानी हुन्छन् रे लामखुट्टेको
निधारमा रगत खान लेखेकै हो त?
रगत खान लामखुट्टेले कर्ममा लेखेर ल्याएकै हो त?
कति बाठो छ लामखुट्टे कराउँदै आउँछ !
कानकानमा के के भन्छ पेटभरि रगत खाएर जान्छ
कसैले चाल पाउँदा अलि पर जान्छ।
फेरि झम्टिन्छ एउटा सानो लामखुट्टेको आवाज सुन्दा कसैको
तर्साउने दुत आए जस्तो !
साना पखेटा छुँदा किचिने जीउ तर हल्ला ठूलै गर्छ !
रातभरि निन्द्रा विथोल्दै बारम्बार झम्टिरहन्छ।
एउटा सानो लामखुट्टे त्रास दिन्छ !
एउटा सानो (मसिनो) लामखुट्टे ठुलै रूपधारण गर्छ।
सम्झना मनभरि खेलिरहेछन् मान्छेले मान्छेलाई सताएका !
घटनाले हाँगा पात फिजाउँदै फैलिरहेछन् !
लामखुट्टेको भाषा भाषण संगीत भरिएको आवाज ! धुन बनेर गञ्जिरहेछ !
टोकाइ दुस्मनको सजाय बनिरहेछ !
निन्द्रा बिथोलिएको रातमा कसैको व्यर्थ सजाय भोग्नु
पर्ने बाध्यताले शीर उठाइरहेछ !
केही भनौ लामखुट्टे किरो सानो मसिनो सुन्ने कान छैनन् जस्ता लाग्छ।
सानो भनौ बैरी बैगुनी कान लुकाइरहेछ !
आँखा देख्छ एकोहोरो झम्टिझम्टि टोकिरहेछ
बिथोलिएको रात लामखुट्टेको त्रास मान्छेका कथा
पिर व्यथा मनभरी खेलिरहेछन् !
कसुर बिना सताइएका मान्छेहरू मनभरी डुलिरहेछन्
लामखुट्टेको जीउ कोठाको आकार फैलावट कुनै
पैतल यात्रीले धर्तीको चारै कुना डुल्ने रहरमा दौडिएजस्तो !
कति सानो छ कति ठूलो आतऒ्ढ मच्चाइरहेछ !
त्यही व्यथोलिएको रात साना देश मुति्क भन्दै
चिच्याएको आवाज आइरहेछ !
यस्तै यस्तै कुरता लामखुट्टेको दृष्यमा आइरहेछ
क्रुर लामखुट्टे हात र अनुहारका बीच झगडा चलाइरहेछ !
झगडा चलाएर आफु कता कता बसेर रमीते बनिरहेछ !
निर्दोष छन् हात र अनुहार किन झगडा चलाइरहेछ
हात र अनुहार झगडा गर्छन् लामखुट्टे टोक्ने दाउ हेरिरहेछ।
स्वतन्त्रताको कुजो रहर बोकेर विश्वयात्रामा बढेका
बढ्यै छन् पाइला सार्दा थचक्क बस्ने यात्री देख्दा
लामखुट्टेको गति तेजिलो लाग्छ !
लामखुट्टे सुटुक्क आएर चुटुक्क टोक्दै हल्ला
गर्दै आउँछ चुटुक्क टोक्छ कसैसँग झुकिदैन !
श्रम खानेहरू थर्काइ थर्काइ खान्छन् हेर्नेहरू हेरिरहेछन्।
सीमा मिच्नेहरू आँखा अगाडि मिच्छन् ! हेर्नेहरू टुलुटुलु हेरिरहेछन्।
जति लखेटे पनि लामखुट्टे झम्टिन छोड्दैन !
जति्क अनेक झकेर रगत नखाइ छोड्दैन !
एउटा सानो किराको यति ठूलो त्रास यति साना
किराको कति ठूलो साहस !
मान्छे त ठूलै छ झन् ठूलो त्रास एउटा सानो
लामखुट्टेले पारिरहेछ उठीबास (लगाइरहेछ)
अन्धकार कोठामा हिरासतको यातना !
एउटा सानो लामखुट्टेले सतारहेछ !
खाइन नपाइ छप्लाको टोपीलाई के कसुर सताइरहेछ
सम्झना भरी निरअपराध केदीहरूले मनै भन्दै चिच्चाएको आवाज आउँछ !
हे अपराधी लामखुट्टे व्यर्थै व्यर्थै टोकिरहेछन् !
भन्दै चिच्चाउन मन लाग्छ तेरो रिण खाएको छ्रैन
लामखुट्टे तेरो क्रुरता स्विकार छैन लामखुट्टे !
तेरो ज्यानमारा कानुन बाध्यताबस स्वीकार गर्न मञ्जुर छैन लामखुट्टे !
थोपा थोपा रगतको मूल्य छ सितैमा खाने अधिकार छैन लामखुट्टे !
रिस उठ्छ पखेटा भाँची दिन मन लाग्छ समाएर किच्न मन लाग्छ !
तेरो जालो चोर गणयन्त्र भरिएको कप्टी आवाज सुन्न मन छैन !
तेरो पापी आवाजमा कुनै अर्ति उपदेशको सन्देश छैन
जा पर जा यहाँबाट निस्किहाल
सुताउन सम्म सुताइस् तेरो पाप पखालिहाल्।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २५ – २०६७ बैशाख २९ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.