~नवराज योन्जन~
मेरो आगमन संगै
देख्ने आफन्तजनहरु भन्नुहुन्छ |
उज्यालो खोज्दै
पाँच ज्ञानेन्द्रिय सहित
कहाँ काँहा…काँह
रुँदै निस्किएको एक
मासपिण्ड “म”
ममताको काँखमा लडिबडी
हास्दै,खेल्दै,बोल्दै र पोलखोल्दै
बढ्दै ,लड्दै,पढ्दै
उठेको मान्छे “म”
जव परेवा जस्तै स्वतन्त्र
एक हुल सपनाहरु आएर ठोकिन्छन् |
म भित्र,
तिनै सपनाको डोरीमा झुण्डीदै
बिपनीको गोरेटो र मुलबाटो हुँदै
सुस्केरा हाल्दै
चली रहेको सास संगै आसमा
गन्तव्य सुनिश्चित गर्दै
अघि बढछन् पाइलाहरु..
ति पाइलाको प्रत्येक फडको संगै
उठछन् प्रश्नहरु
म, आफै हिडी रहेको छु
कि
समयले मलाई हिडाई रहेको छ ?
हिड्न चाही निरन्तर हिडिरहेको छु |
सुर्यको उमेर पुगेपछि उर्जा सकिएर
एउटा चिसो पिण्डमा परिणत भए झैँ
खोइ,
कहाँ गएर यात्रा रोकिने हो
ति पहाड जस्ता दिन र रात संग ठोकिने हो
र निरास संगै
आफैले टेकेको जमिन बोकिने हो |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )