कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

You think the hills are mute-
I call them eloquent.
Oh yes, friend!
I’m free in my inebriation-
that’s just the way I am.
-Laxmi Prasad Devkota

घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । सुन्तला र बदामको समय ।

‘धन्य तपाईले मेरो पेशा बुझ्नु भएछ’ । उसले सुन्तलाको बोक्रा छोडाउँदै भन्न भ्यायो ।

‘नराम्रो आदत बसाउनु भएछ नी’ ।

‘कुन चुरोट’? । म यसलाई नराम्रो भन्दीन ।

तपाईलाई थाहा छ हिजो न्युरोडमा भारीको नाम्लो समाईसकेको थिए । तलतल लागी हाल्यो । भारी बिसाएर नाङ्गलो पसल्नीसित याकको खिल्ली सल्काएको मात्र के थिए साहु पसलबाट कराउन थाल्यो । ग्राहकलाई हतार छ रे । हो । यस्तो बेला मात्र आफुलाई नराम्रो आदत लागेछ भन्ने सोच्छु ।

‘तपाई पिउनु हुन्न’ ? मानीसले म तिर हेर्यो ।

‘खान्छु’ ।

‘कुन बेला’ ?

‘लेख्न बस्दा’ ।

‘उसो भए तपाई लेखक हुनुहुन्छ ? तपाई यो सहरलाई बुझ्नु हुन्छ मैले भन्दा बडी । मरो कथा लेख्नुहुन्छ’ ? उसले मलाई सोध्यो ।

‘सक्दीन’ ।

‘किन’ ?

‘तपाई संग मेरो कथाको लागी पर्यात्त बिषय छैन । म कथा कुरा पुर्याएर लेख्न रुचाउँछु’ । मैले उसलाई कथानक शैलीमा उत्तर दिए ।
उ चुप लाग्यो । एकछीन बोलेन ।

‘म अटाउँदीन तपाईको कथामा’ ? उसले एउटा केस्रा सुन्तला दुई दाँतको बिचमा राखेर चबाईदियो ।

‘अबश्य अटाउनु हुन्छ तर……’

‘होईन म सोध्दै छु । तपाई लेख्नुहुन्छ । मेरो बारेमा लेख्नुस् । कथा बनाउनुहोस् । मलाई तपाईको fiction   मा नाएक बनाउनु होस् । म तपाईको कल्पनामा पुर्ण हुनेछु । म बिषय दिन्छु तपाईलाई । म अनन्त छु । समाजको बोझ मेरो शिरमा छ । तपाईले सुन्नु भयो । हिजो न्युरोड मा….’

‘अँ सुने । केही फरक बताउनु होस्’ ।

एकछिन पछी फेरी मैले त्यो मानिसलाई सोधे । ‘ल भन्नुहोस् । तपाईको परिचय के लेखुँ’ ?

‘ठिक छ’ । दु:ख लेख्नु । म दुखी हँ । या भरिया भनी सम्बोधन टिपाउन सक्नुहुन्छ । असलमा दुख नै हुँ । नआत्तीनुहोस् । मेरो दुख म संगै हुनेछ । खाली तपाई कथा भनीदीनु होला । अँ लेखीदीनु होला’ । उ हडबडाउन थाल्यो । सायद एउटा गरीबको कथा बन्नेछ भन्नेमा उ बिश्वस्त थियो । अनि आशाबादी ।

‘उ पर हेनुस् । एउटा युगल जोडी’ । कुराको शिलशिला अनौठो पाराले गर्न थाल्यो । ‘तिनीहरुलाई म भन्दा सुखी ठान्नुहन्छ तपाई ? म मान्दीन तिनीहरु सुखीछन्’ । भरीया बलीयो आधार दिनेमा पक्का थियो ।

‘किन भन्न सक्नुहुन्छ’ ? उसैले सोध्यो ।

‘सक्दीन’ । मैले उसको हातमा भएको नाङ्गगो बदामको गेडालाई हेरेर उत्तर दिए । लाग्छ बोक्रा देखी छोडीएका ति नाङ्गगा बदाम निर्लज्ज अस्तीत्वको लागी सर्घषरत छन् ।

‘र्हेनुस त्यो मानीसको सन्तान छ । म त्यसलाई बोझ भन्छु । मैले बोक्ने “आई सेभेन” वा “सामसुङ ग्यालेक्सीको” भारी भन्दा कयौ गुना भारी’ । भरीयाले एकैसास मा मेरो खुलदुली मेटाईदियो ।

‘तपाई बुझ्नु हुन्छ ? म एकैकिसीमको भारी दैनीक उठाउँछु । मरो नाम्लोको बरीयो नफेरीएको युग नाघीसक्यो । धत्तेरी! मैले भन्न बिर्षेछु । हिजो एउटा ग्राहाकले सुझाएको थियो । तपाईको नाम्लो फेर्नु पर्ने बेला भएजस्तो छ । मलाई खुसी लाग्यो । कसैले युग पछी मेरो च्यातीएको नाम्लो देखेछ । मैले धन्यबाद भने तर म नाम्लो फेर्दीन । तपाईलाई थाहा छ । बजार भाउ आकासिएको छ । नाम्लोको बरियोले त मेरो श्रिमतीको एक छाक टर्न सक्छ । तपाई चुप हुनु भयो नी’ ? भरीयाले मलाई हेरेर सोध्यो ।

‘म बुझ्दैछु । तपाईलाई अनी तपाईको पुर्नजागरण कथालाई’ ।

‘हो । म धन्यबाद नभनी रहन सक्दीन । तपाईलाई धन्यबाद ! एउटा लेखकले मेरो कथा एकदम मिलाएर लेख्ने छ’ ।

‘ल एउटा अर्को कुरा टिप्नुस् । कथामा कतै हालीदीनु होला’ ।

उ फेरी बोल्न थाल्यो । अधीक मात्रमा । मैले उसको आँखामा हेरे । भरीयाको आँखामा । युग पछी युग परीबर्तन भईरहने यो बजारमा त्यो जोडी आँखा अपरीर्बतनशिल झै लाग्यो । एउटा तिखो नजरले मलाई नै हेर्दै थियो । ‘मलाई सुन्नुहोस्’ । उसले मेरो हातमा दुई ओटा बदामको गेडा राखीदियो ।

‘म भन्दै थिए । त्यो मानीस म भन्दा सुखी छैन । म खुसी भईरहने छु । मेरी बुढी त्यसरी सन्तान पाउन सक्ने अबस्थामा छैन । गएको युगमा डाक्टर ले भन्यो  उसको पाठेघरमा समस्या छ । दुईजिउ हुनु खतरा हुन्छ । ल भन्नुहोस् मेरो सन्तान ले मैले जस्तो भारी बोक्नु पर्ने छैन । म सुखी छैन त’ ? उसले मलाई स्पष्ट पार्यो । ‘तर बुढीले त्यो चाहाना छोड्दीन । म प्रत्येक रात उसलाई नराम्रो संग भोग्छु’ । यती भनी सक्दा उ मज्जाले हाँस्यो । सुर्तीले पहेला देखीएको दाँत अहीले मेरो अघील्तीर छ । ‘मेरी श्रीमती बाँझी भएकी छे । मलाई पनी दुख लाग्छ । तर म ईश्वरलाई दुखी भए भन्ने छैन । माथी हेनुस् ति स्वतन्त्र छन् । बोझ रहीत’ । उसले उडीरहेको एक झुन्ड परेवा तिर औंला देखायो । ‘लेखक तपाईलाई थाहा छ मैले बोक्ने भारीलाई म थर्ड या सेकेण्ड जेनेरेसन Weight भन्न रुचाउँछु’ । उसलाई हतार थियो कथा टिपाउन । उ अघीदेखी नरोकीई बोल्दै छ । मैले उसको घिनलाग्दो ओठ तिर हेरे ।

यो पार्क भन्दा बाहीर हजारौ भरीया छन् जसले दैनीक टन भारी एउटै थाप्लोमा उठाएर हिड्छन् । मैले समग्र प्रतिनिधीत्व गर्ने एउटा भरीयको कथा कसरी लेख्न सक्छु र । मैले आफैलाई अत्याशलाग्ने प्रश्न गरेँ ।

‘मैले अन्तीम मा के भने सुन्नु भयो’ ?

‘अँ सुने । सेकेन्ड या र्थड जेनेरेसन’ ।

‘हो । तपाईले याद गर्नु भएछ । मलाई खुसि लाग्यो । हिजो त हो नी सामान उठाएर आउनै लाग्दा ट्क्सीले पछाडी बाट ठक्कर दियो । याद गर्नु भाको छ । ति ड्राईभरहरु अती बेमतलबी र हडबडे हुन्नछ । यस्तो बेला म साहु संग साँचो कुरा गर्छु । म कुनै दिमागमा आएको ट्क्याक्सी नम्बर भनीदिन्छु । जसले गर्दा साहुलाई पत्यार पर्छ । साहुले पनी खोजी गर्ने होईन । मलाई के को मतलब’ । यती भन्दै भरीयाले अर्को सुन्तला छोडायो । ‘यो अर्को दिनको कुरा हो । मलै त्यो ठुलो भारी लडाएको दिनको । मैले साहुलाई त्यसै भने तर साहुले पत्याएन मैले स्पष्टीकरण दिनु पर्यो’ । उ हाँस्न थाल्यो । मैले उ रोकीउन जेल कुरे । ‘मैले कुरा अन्तै लगेछु’ । उसले हाँसो रोकेर भन्यो ।

‘कम्युटर को लेटेस्ट सामान उठाउनु नै थर्ड जेनेरेसन होईन र’? उसले लेटेस्ट भन्दा दुबै ओठ खुब संग बाएर भनेको थियो ।

‘एउटा प्रशङ्ग नजोडी रहन सकीन । तपाईको यसै कथा मा जोडेर लेख्नु होला । कहीले काँही देख्छु पसलमा म जस्तै बुढाहरु कम्युटर या आईफोन या ल्यापटप किन्न आएका हुन्छन् । हामी संगै भारी बोक्ने फुच्चेले भनेको ति बुढाहर खुब संग त्यसमा पोर्न हेर्छन रे । फुच्चेले कराएर भनेको थियो । साहुले सुनीहाल्यो । हामीसबै लाई खेदीहाल्यो नी । मैले त्यसको कुरा बुझीन । तपाई बुझाउनु हुन्छ के हो Porn’? भरीयाले म तिर हेर्यो । उसले तुरुन्तै भनीहाल्यो । ‘मलाई नबुझ्ने कुरामा खासै चाख पनी हुँदैन । म सोधीखोजी कमै गर्छु’ । मलाई राहात भयो । भरीयालाई पोर्न बुझाउनु परेन ।

उसको खुट्टा निर एउटा झुसिलकीरा देखीयो । खुट्टले किचीमीची पारीदीयो । भन्यो । ‘मलाई अर्को जुनीमा यसै गर्ला, आ गरोस् । म यस्ता जिबलाई एसैगरी मार्न रुचाउँछु । तपाई बिश्वास गर्नु हुन्छ यो र्पुब या आउने जुनीमा’ ? उसले उत्सुक भएर मलाई सोध्यो । मैले भन्नै लाग्दा उसले मलाई रोक्यो र आफै भन्न थाल्यो । ‘म बिश्वास गर्छु । मेरो पनी पुर्ब जन्म थियो । अच्चमको कुरा  म भरीया नै थिए अघीको जुनीमा । पक्का छ । अबको जुनीमा मेरो पालो हुनेछ त्यो भुँडीवाल साहुजी हुने’ । उसले बिश्वास ब्यक्क्त गर्यो । ‘साँच्चै कती मजा छ बिश्वास अनी भरोसामा’ । उ फेरी दाँत देखाएर हाँस्न थाल्यो । यस पटक पँहेलो देखीएको दाँत सुन्तलाको एसिडले माझीएर सेतो भईसकेको थियो ।  उ निकै बेर रोकीयो । म उसलाई नहेरी भुँई कोतरीरहेको थिए । मैले हेर्दा त्यो निदाईसकेछ । मस्त निन्द्रामा थियो । होला सायद अर्को जुनीमा भुँडेवाल साहुजी हुने सपना देख्दै होला । मैले त्यसलाई उठाउने चेष्टा गरिन  ।

म त्यो ठाँउ बाट निस्कीए । माफ गर्नु होला यो कथा त अपुरो हुने भयो । भरीया बिचमै निदाएको थियो । उसले सम्पुर्ण कुराहरु भन्न भ्याएन । तर पाठकहरु बुझ्नुस् उ दुखी थियो । एउटा भरीया दुखी थियो । Happiness index मा त्यस भरीयालाई हाल्ने हो भने तथ्यांक्क राम्रो निस्कन सक्छ ।  ‘Gross national happiness is more than important than gross national product’ …..म सोच्दै पद्धमोदय मार्ग तिरबाट अगाडी बडे ।

कसैले प्याट्ट पछाडीबाट हिर्कायो । र्फकीएर हेरे । एउटा लामो अनुहार भएको मानीस थियो । एउटा थोत्रो west coat र पाईजामा लगाएको एउटा अपरिचीत मानीस । अगाडीको खल्तीमा दुई ओटा पेनहरु थिए । सायद एउटा रातो । उ मलाई हेरेर हाँसीरहेको थियो ।

‘चिन्यौ’? । त्यो west coat ले सोध्यो ।

‘महाशय माफ गर्नुहोला मैले याद गरीन’ ।

‘I am देबकोटा’ । उसले एउटा परीचय पत्र मलाई देखायो ।

प्रष्ट संग लेखीएको थियो ।

                                           नाम:    लक्ष्मीप्रसाद देबकोटा ।
                                           जन्म:     १९६६ ७ २७
                                           बाबुको नाम:    तिलमाधब देबकोटा ।

तर मुत्यु खुलाईएको थिएन । म असमञ्जसमा परे । उनको हातमा चुरोट थियो । ‘हिड जाँउ’ । उनले भने । म उनको बगलमा हिड्न थाले । सिहंदरबार तिर हानीदै गएको बग्गीले उडाएको धुलोले एकछीन पुतलीसडक छोपीयो ।
‘जुद्ध समशेरको सवारी रै’छ’ । उनले बग्गी तिर देखाए ।

डिल्लीबजारको मुखैमा रहेको एउटा होटल भित्र हामी छिर्यौ । देबकोटाले उदारो खाने त्यही लप्टनको होटलमा । भित्र एकदम अँध्यारो थियो । मैनबत्तीको उज्यालोमा लप्पटनको होटल केही केही देखीएको थियो । वरीपरी सबै टेबल/मेच भरीया, कुल्ली र गरीबले भरीए जस्तो लाग्यो । देबकोटाले अन्तीमको एउटा खाली कुर्सी देखाए । हामी त्यही गएर बस्यौं ।

निधार मेरो पसिना जडाउ छ । 
                  मोती तिनैको अनमोल भाउ छ । 

एउटा मानीस होटलको संघार बाट भित्र छिर्यो माथीको अशं बोल्दै । त्यो मानीस चियाको गिलास संगै हामी छेउमा आएर उभीयो ।

‘लक्ष्मी’ त्यो मानीसले बोलायो ।

मैले अध्यारोमा त्यो आवाजलाई चिन्न सकीन । मैले देबकोटा तिर र्फकीएर सोधें ।

‘को हो यो मानिस’ ?

‘चिनेनौ’? उनले अर्को चुरोट सल्काए ।

‘चिनीन’ । मैले त्यो मानीस तिर हेरेर भने ।

‘यो गरीब हो । तिमीले पढेनौं’ ? उनले एउटा पाण्डुलीपी देखाए । हत्तपत्त नबुझीने अक्षरमा टन्न लेखीएको थियो । मैले एक लाईन कष्ट संग पढ्न भ्याँए ।

गरीब भन्छ सुखको म झै धनी । 
                   मिल्दैन संसार भरी कतै पनी । 

‘ए यो त त्यही कबीता होईन’ । मैल भने ।

‘हो । अनी यो मैले जन्माएको गरीब । तिम्रो समयमा पनी तिमीले देख्ने छौ । देखेनौ’? उनले म तिर हेरे ।

मैले अझै नजीक गएर त्यस मानिसको अनुहार हेरे । अहो । कस्तो अच्चम । यो त त्यही भरीया हो । यो पनी यही समय देखीको गरीब रै’छ ।

‘भरीया मलाई चिन्यौं’ ? मैले हँसिलो हाउ भाउ गरेर सोधे ।

‘को भरयिा ? म गरीब हुँ । देबकोटाको गरीब’ । उसले देबकोटाको पाण्डुलिपी तिर ईंकीत गर्दै भन्यो ।

उ जोड जोडले हाँस्न थाल्यो । एकछिन पछी हाँसोलाई रोक्दै भन्न थाल्यो । ‘म गरीब हुँ । एउटा युगको गरीब’।

मैले याद गरे उसको दाँतहरु चम्कीला थिए ।

गरीब त्यहाँ बाट निस्कीयो । गरीबले चियाको पैसा तिरेन । उसले देबकोटाको खातामा चडाईदिनु भनेको सुने । हामी मौन थियौं । त्यहाँ सबै थिए । मदनलाई भोट पठाउने अन्तीम तयारी गरीदै थियो । मदन झ्याउरे लयमा मुनालाई प्रितीका कुरा संझाउँदै गर्दा म एकछीन भाबुक बने । देबकोटा झन् ईमोशनल बन्दै थिए ।

एउटा बालीका हजुरबुवा संग कराउँदै थिई । हमीले भगबानको कुरा किन गर्नु हुदैन? बच्चाले राजाको कुरा किन गर्नु हुँदैन । उ आफ्नो लिंडेढीपी देखाउँदै थिई । तपाईहरु चिन्नुहुन्छ त्यो बच्चालाई ? म याद गराउँछु । ती फुच्ची देबकोटाकी एक मात्र चम्पा हुन् । एकमात्र उपन्यास । अनी ति बुढा चाँही सुब्बा । राजाकै निगाहाले सुबाङ्गी पाएका रे । सकुन्तलाका पात्रहरु पनी चिया पिउँदै छन् । उता कुनामा हेर्नुस । महाराजा प्रताप पनी छन् । काउन्टर छेउमा उभीएको पात्र को हो मैले अँध्यारोमा ठ्म्याउँन सकीन । यता सुन्नुस् देबकोटा केही भन्न खोज्दै छन् । उनी निहुँरीदा खसेको दुई ओटा पेन अघीनै मैले मेरो खल्तीमा हालीसकेको थिए ।

‘अबेर भए जस्तो छ । अब हिड्नु पर्छ’ । बिलकुल उनको बोलीमा endearment  थियो । मधुरता । प्रखर कबीको मृदुभाषा । उनी बिस्तारै होटलको ढोका तिर लागे । म उनलाई पु्याउन ढोका सम्म पुग्नु पर्ने थियो । उनले फर्केर होटल भित्र हेर्दा हामी सबै उनलाई बिदाईको हात हल्लाउँदै थियौं । मुनामदन, सुलोचना, चम्पा, माहाराजा प्रताप सबैले हात हल्लाएको देखीथ्यो । एउटा महान कबीको जन्मोत्सब भब्य रुपले मनाई सकीएको थियो । ‘जन्मदनिको सुभकामना’ । मैले उनी तिर हेरेर बाचँ ।

बिहान अखबारको पन्नाहरु पल्टाउनु मेरो सजिब बानी थियो । कफीको प्याला संगै अखबारको पन्ना मेरो हातमा हुन्थ्यो । मध्य पृष्ठतिर एउटा सुचना देखें ।

ठुलो/bold/immense अक्षरमा लेखीएको थियो कलम हराएको सुचना । शरीर पढें । यस्तो थियो त्यो छापा अक्षरहरु-

………मिती २०१६ देखी लेख्दा लेख्दैको दुई वटा कलम हराईरहेकोले पाहुनु हुने जो कोही ले तुरुन्त सम्र्पक गर्नहुन अनुरोध गर्दछु । 
लक्ष्मीप्रसाद देबकोटा … 

मलाई अनौठो भन्ने केही पनी लाग्दैन । मैले न्युज पेपर लाई किनारा लगाए । कफीको स्वादमा हराउन थालें । निर्णय भईसकेको थियो । कलम म र्फकाउने छैन । कलम फीर्ता गर्नु मेरो साहीत्यीक आत्मघात हुनेछ । मनमनै साउती गरे ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.