~अनुभव मञ्जरी~
१
उनको रूप
झल्को उही दिलायो
रातको जुन
२
मनको ऐना
हेर्दैछ तिमीभित्र
छलिया रूप
३
कालो बादल
आकाश लुकाउँदै
धर्ति भिजाको
४
आषाढ मास
दबदबे हिलोमा
धान रोपाईँ
५
झरि बादल
प्रेमलाप गर्छन्
बर्षा ऋतुमा
६
बाढी र पैरो
ल्याउन नि तयार
साउने झरि
७
खहरे खोला
बौलाएको मौसम
भदौरे भेल
८
आषाढे फूल
जवानी छल्काउँदै
झरिया हाँस्यो
९
बर्षाको बेला
बारीभरि पलायो
मकैको जुँगा
१०
मादले काँक्रो
किसानको बारीमा
बर्षाको फल
११
फर्सीको मुन्टा
बर्षामा पलाउँछ
तिउन मिठो
१२
हिलोमा धान
छुपुछुपु रोपौँ है
रोपर्नी नानी
१३
आषाढे भाका
रोपर्नी र बाउसे
गैरीको खेत
१४
बर्षा महिना
गर्मी रसाउँदै छ
पानीको मूल
१५
झरिको बेला
निगुरो पलाउँछ
बर्खे तिउन
१६
च्याउँ पलायो
पहाडी बनतिर
बर्षाको याम
१७
बर्षको बेला
बादल र झरि
पिरती गाँठो
१८
तिम्रो नजर
मदहोस म बनेँ
छल्कियो नसा
१९
इशारा गर्यो
तिरमारी आँखाले
लुट्यो यो मन
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )