~कृष्ण पौड्याल~
सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त ।
गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥
जिवन साथी बन्न सकिन शत्रु किन ठानेको ।
सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥
गर्दैछु म प्रयास पनी अतितलाई भुलाउन ।
सक्दिन स्विकार्न कसैलाई तिम्रो साटै मा त ॥
बिना नुनको तरकारी बनाई छाड्यौ आखिर ।
बिलाउने छ सरिर यो एक दिन माटै मा त ॥
बाचुन्जेलको साथ होईन तिमी सँगै मर्छु भन्थ्यौ ।
झुठो रैछ तिम्रो कसम एक्लै भँए घाटै मा त ॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)