~गीता थापा ‘दोषी’~
धैर्य बटुली
हिँडिरहुनु पर्छ
गन्तव्य भेट्न
-१-
परिश्रमले
थाक्दैनन् कैले पनि
पौरखी हात
-२-
हर्सोल्लासले
बाँचेको छ जीवन
कलियुगमा
-३-
पाउबन्दीको
काँडेतार भत्काइ
अगाडि बढ
-४-
शान्त र सौम्य
मनको तलाउमा
ढुङ्गा नफेक
-५-
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )