~अनिल बराल ‘गरीब चिराग अछुत’~
हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो |
थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो ||
घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै
एक छाक खाने एक सरो आउने सपना सजाउदै ।
तिमीलाई छोरी घरको जिम्मा म भारि बोक्दैछु
बल्दैन तर केहि गरि पनि मनको दियालो ।
हिलेको भारि बोकेर ल्याउछु मंगमय ओरालो
जाडोको बेला गंरिन्छ हात बिहानी पखैमा ।
सितको थोपा हरदम बन्छ किन हो आखैम
तिमीलाई छोरी मनको माया घरको दुखलाई ।
कहिले पनि दुखिको घर हुदैन उज्यालो
हिलेको भारी ल्याउछु मंगमया ओरालो ।
अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार