~पौल भाट~
एकदिन म कटासे बजार घुम्दै थिए ! बजार माथि माथि पुल तिर बढ्ने क्रममा थियो ! दिउसो को समय थियो , कहिले कहिँ साग मुला लिएर बिक्रि गर्ने बजार कटासे थियो ! जाँदा सोझो गाउको बाटो , आउदा गुड र मम्फली संगै कुलारियाको ढिकै ढिक , खल्लाको सम्म मैदान हेर्दै , नदि संग रमाउदै , गुड हातमा समातेर घर तिर फ़र्कन्थ्यौ ! यो हाम्रो नियम जस्तै थियो !
तेस्तै क्रममा एकदिन मिन भान्जा र टेक्या संग भेट भयो ! तिनीहरुले घरबाट चावल र लाही चोरेर बेच्ने र भाडामा साइकल चलाउन सिक्दा रहेछन ! म पनि येसो सबै साग सब्जी बेचेर फुर्सदमा थिए ! तिनीहरु गोट्टा चोरेर खाने सल्लाह गर्दै थिए ! कटासे बजारको साज्को रुखको पल्लो पट्टि थापा बस्त्रालयको उत्तर तिर एउटा पुरानो ट्रकमा गोट्टा रहेछन , त्यसबाट गोट्टा चोरेर खादै रहेछन ! अनि म पुग्दा तिनीहरुले अरु १० -२० ओटा गोट्टा चोरे अनि मलाई दिए , ओहो कति मिठो , गुलियो , त्यो पनि फिरिमा !!
तिनीहरुको त्यो दिन को संगत ले मेरो मन मा पनि गोट्टा चोरेर फिरिमा खान पाइने रहेछ भन्ने कुराको आभास भयो ! अनि त्यो साँझ बजारमा चोर्ने सल्लाह भयो ! मैले साथीहरु बनाउने कार्य तुरुन्त गरे ! म नाइके बने , कि साहु जी संग कुरा गर्ने र मुल्य सोद्धै भुलाउने ! अनि पछाडी चोरको ग्रुपमा लिडर चेत दाजु , मिन भान्जा , भाई बल , देवेन्द्र थिए !
हामी सबैको सल्लाह भयो – कसले के –के गर्ने ! आफ्नो जिम्मेवारी बाड फाड भयो ! अनि चोर्न त चोर्ने तर कसको दोकान मा चोर्ने ! बजार तिर टुकी बालिएको थियो ! साँझको समयमा मान्छेहरुको ओहोर दोहोर छदैथियो ! हेर्दै जादा घोडा वाली जुम्लिनी को दोकान अघि हाम्रो टिम टक्क अडियो ! चेत दाजुले ठुला ठुला आँखाको इसाराले त्यही जुम्लिनीको दोकान तर्फ इसारा गर्यो ! किनभने जुम्लिनी लाटी र एक्लै बसेकी थिइ ! अनि हाम्रो टोलि गुरुप्प त्यतै फर्क्यो ! पालो मेरो आयो , सामानको मुल्य सोध्ने ! मैले हातको इसाराले सामान देखौथे र मुल्य सोध्थे टाढैबाट अनि साहुनीले त्यही सामानमा हेर्थी र मुल्य भन्थी ! मैले ५ -७ वटा सामानको मुल्य सोद्धै गए ! हाम्रो टिमले त्यो सामान राखेको पलंगलाई ढाकेको थियो ! सबैका हात तल साबुनमा पर्दै थिए ! अब भयो सामान मन परेन भन्दै म फर्किने मुडमा भए , तब टिम पनि फिर्ता भै सकेको थियो ! अनि तल पुरानो साबुनले भरिएको पलंग त खाली भइसकेको थियो ! हाँसो लाग्यो , गुरुरु दौड्यौ हतार हतार घर तर्फ लाग्यौ ! सबैले २/३ ओटा साबुन भाग लगायौ !
त्यो घोडावाली जुम्लेनिको साबुनको पलंग पुरा रितिएको थियो ! चोर्न त चोर्ने तर एती चोर्लान भन्ने मैले सोचेको थिएन ! केटाहरुले बढी नै चोरी दिएछन् ! तै पनि साहुनी ले थाहा नै पाइनन् !
हाम्रो टिमले टुकीको उज्यालो को फाइदा उठाउदै चोरी गरि घर तर्फ लाग्यो ! मनमा चोरी गरेको कुनै ग्लानी थिएन ! बरु खुसि थियो ! कसरि फसाएर चोरी गरियो भनि उल्टै मख्ख हुदै घर गयौ !
आज त्यो घोडावाली को पलंग को साबुनको याद आइरहन्छ , चोरेको पहिलो दिन ! त्यस पछि हाम्रो टिमले के के गर्यो अघिल्लो अंक मा साट्दै गरौला ! अहिले लाइ यत्ति !
यसरी चोरी गर्दा कसैको पनि डर थिएन ! डर थियो त केवल दाजु ( मोति लाल भाट ) को थियो ! जुगाड बाजी एक से एक हाम्रो दाजु चेत राज भाट संग ! त्यसै क्रम मा कहिले काँही चेत दाजु को आदेस मा हामी जुनेली रातमा चोर्न बजार तिर जाँदा , बजार बाट मोति दाजु आउदा बालुवा मा लम्पसार सुतेको एकदमै अचल जस्तै , अनि दाजु घर तिर जाँदा हामी बजार तिर लग्दथ्यौ !
-कैलाली, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)