~दिलमान राई ‘चोट’~
कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा।
सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।।
जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार।
रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।।
पेट्रोल महङ्गो छ तर जिविकाको गाडी चल्नै पर्छ ।
कम्मर मर्काउँदै जीवन नाछेको देखोयो भाकामा ।।
कान्छी आमा हुन्छन् यद्धपी रिष्ता खुनको हुँदैन ।
त्यसैले कोही पाखामा कसैलाई देखियो काखामा ।।
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : प्रयास अनलाइन द्वैमासिक, बर्ष:३, अंक:६, संस्करण:२४, नोभेम्बर – डिसेम्बर २०१३(अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेइ, ताइवान))