गजल : ऋतुमा फरक हुन्छ

~सुनिता सापकोटा~Sunita Sapkota

किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।।
अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।।

आजकाल मैले आफै माथि प्रश्न उठाउछु
किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।।

आउन त खुसी र दु:ख दुबैमा आए पनि
अवस्था अनुसारको आसुमा फरक हुन्छ ।।

बाच्न त जन्मे पछी बाचेकै छन् मान्छेहरु
तर धेर र थोर बाच्ने आयुमा फरक हुन्छ ।।

फल्ल लाइ दुबै जमिन मुनि फले पनि
धेरै स्वाद पिँडालु र आलुमा फरक हुन्छ ।।

सुनिता सापकोटा
भोजपुर , चरम्बी
हाल काठमाडौ

(स्रोत : gkantipur.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.