खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु
रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु
हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा
तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु
आँसुको त भेल बग्छ,रगत सबै सुकी जान्छ
तर पनि खुसी पाउन, छम्छमाउदै नाचेको छु
जवानीका सबै खुसी, यही धर्तीलाई बेचेर
तिम्रै लागि आँशुको मोल, खुत्रुकेमा साचेको छु
भन्नेहरू भन्छन यहा,हाम्रो प्रेम धरौटी भो
बद्नामीका दागहरू, कसी लाउदै जाँचेको छु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )