~रश्मिला कवाङ~
उ भन्छ तिम्रो देश स्वर्ग हो
म भन्छु तिम्रो देश भुस्वर्ग हो
सम्पनतामा लहराएका उसका वालापन
उसलाई कतिपनि रमाईलो लाग्दैन
यस भौतिकताको सुविधायुक्त युवापन
अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु
दिक्दार लाग्छ अरे,
कृतिम लाग्छ
प्रकृतिको सुन्दर छटाले मोहित भएका
कला,भेष र संस्कृतिले लोभिएका छन् उसका आँखाहरु
देवी देवताका पूजापाठले नतमस्तक बनेका छन् मनहरु
भाइचार र आफ्नोपनको न्यानो ममतामा भुलेका छन् तनहरु
तर
उसलाई के थाहा सुन्दरताका अभावहरु
र त ऊ भन्छ तिम्रो देश पृथ्वीकै स्वर्ग हो
उसलाई के थाहा ,
धमिरा लागेको संस्कारहरु
रोग,भोक अनि अभावभित्र छट्पटिएको जीवनबारे
न त सुसंस्कार अनि कुठाराघातहरु नै
थाहा छ केबल धनी संस्कृति र परम्परा
एकमुठी श्वासको महत्वको अज्ञात छ ऊ
र त बासम्बार भन्छ,
तिम्रो देश स्वर्ग हो
अनि मनमनै भन मन लाग्छ
मेरो होईन ,तिम्रो देश स्वर्ग हो
किनकी सुन्दरताले मात्र कहाँ पो पेट भरिन्छ र ?
विकासका फुलहरु विना स्वर्ग कहाँ पो भेटिन्छ र ?
फेरी पनि उ भन्छ
तिम्रो देश स्वर्ग हो
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )