कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।

charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ ‘green lady’ protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो ।

बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ ।

Scold lady: यो बुढी आईमाई मुख्य पात्रको पहीलो छिमेकी । जसले प्राय जसो दुध लेराउने केटा लाई, फोहोर उठाउन आउने अधबैंसे महीला लाई, बिजुली र धाराको मिटर जाँच्न आउने कर्मचारीलाई सानो सानो कुरामा हर्काछे । यो झगडालु स्त्री सबै सित प्राय झगडा गर्छे तर मुख्य पात्रलाई उसको घरमा शुक्रबार हुने नृत्य भेलामा सधै पियानो बजाउन बोलाउँछे ।

Lucian: लुसियन मोन्टे राम्रै नेपाली बोल्छ तर उसको समुदाएको मान्छेहरु भेट्दा उ नेवारीमै कुरा गरीरहेको भेटाईन्छ । मुख्य पात्रको बाँया तिरको पुरानो बंगलामा त्यो मान्छे बस्छ जहाँ त्यसलाई १९६० को मर्सिटिज पुछ्दै गरेको देख्न सकीन्छ । मुख्य पात्रको कोठा बाट सजिलै त्यसको मोटर ग्यारेज देखीन्छ । त्यो अहीले मुख्य पात्रको झ्याल तिर हेर्दै छ । मुख्य पात्र varginia लाई लुसिएनको मर्सिटीजमा राखेर vallléy de loiré घुम्न जाने योजना बनाउदै छ । हेरुँ, कथामा के हुन्छ ।

Varginia dikenson: मुल बाटोको पारी, सानो तर भब्य लाग्ने कटेजमा उ बस्न आएकी हत्ता दिन भयो । उसले त्यो cottage théo संग भाडामा लिएकी हो । उसको नयाँ उपन्यासको लागी उ यहाँ आएकी छे । उपन्यास न सकाउनजेल उ यहाँ बस्ने छे । scold lady ले हिजोको नृत्य भेलामा भनेकी थिई ।

ठिक छ, कथा यहाँ बाट सुरु हुनेछ । यो आजको मिती हो । protagonist ले भने बमोजिम कथा भन्न लाएक को दिन । आज नृत्य भेलाको अर्को दिन । हिजो अबेर सम्म मुख्य पात्र scold lady को घरमा पियानो बजाउँदै थियो त्यसैले मुख्य पात्र अझै ओछ्यानमै छ । उसको उपस्थीती बिना कथा फेबरेबल नहुन सक्छ । पहीला उसलाई उठाँउ तर यो काम लुसियनले गर्ने छ । लुसियनले खोक्दै 60’s को मर्सिटीज पुछ्दा निस्कीएको घिन लाग्दो आवाजले कथाको नायक उठ्ने छ । झ्याल तिर उभीएर लुसियनलाई हेर्ने छ । उसको मर्सिटिजमा varginia लाई लिएर valléy de loiré जाने कल्पना गर्ने छ । varginia उसको सामुन्ने को झ्याल बाट देखीने कटेजमा बस्छे । उसले दुई ओटा भुस्याहा कुकुर पालेकी छे । उ दिनभरी उपन्यास लेख्नमा ब्यस्त हुन्छे । यो शान्त ठाँउ छ । हामीले स्पष्ट देख्न सक्छौं(कटुसको रुख, आरुको रुख, Walnut Tree,palm tree) उसको cottage वरिवरी रोपीएका छन् । लेखकहरु शान्त रुचाउँछन् । एकप्रकारले isolate हुन रुचाउँछन् । सायद उ पनी यस्तै खोज्दै आएकी होली भन्ने मुख्य पात्रलाई लागेको थियो । तर हिजोको नृत्य भेलामा scold lady ले ‘उ आफ्नो पती संग छुट्टीएर यहाँ बस्न आएकी हो’ भन्ने कुरा मुख्य पात्रलाई भनेकी हुन्छे । चार्लेएन कफीको प्याला सहीत कोठा भित्र प्रबेस गर्छ । फेरी निस्कन्छ । बे्रड र अण्डा लिएर पुन प्रबेश गर्छ । उनीहरु बसेर कफी पीउँदै छन् । कोठामा रङ पोतीएको हुँदैन । फुस्रो रातो ईट्टाहरु लाई oil painting ले ढाकीएका छन् लाग्छ कुनै नग्न स्त्री ब्राले छोपीएको सुन्दर आकारमा उभिएकी छे । मुख्य पात्र दिनभरी पेन्टीङ बनाउँछ । कहीले काँही कबिताहरु लेख्छ varginia को लागी, र यि सबै आजकाल हुँदैछन् । सायदै बर्तमान रही रहन्छ भने उ यही नै गर्ने छ । उ कलाकार हो । आख्यानकार वा कबी होईन । तैपनी varginia को लागी मामुली लाग्ने यस्ता कामहरु गुपचुप आजकाल हुँदैछन् । चार्लेएन चुप छ । उसले कुनै पनी चलचित्रको कुराहरु गरिरहेको छैन । डरलाग्दो कहानी रचीएको छ भनेर सुनाँउदै छैन । हिजो राती जस्तो आफुलाई भम्पाएर ले वा एलिएनले डसेको अनौठो कुराहरु गरेन । उ नबोली ब्रेडका टुक्राहरु मुखमा हाल्दै छ । मुख्य पात्र पनी कफी पिउँदै छ । उ भित्तामा झुन्डाएको green lady को पेन्टीङ हेर्छ । हरियो ball गाउन मा एउटी स्त्री उभीएकी छे । उ भाग्न आतुर जस्ती देखीएकी छे । चार्लेएन रित्तो कफीके मग सहीत बाहीरिन्छ । उ यसरी नबोलेको मा मुख्प पात्र लाई शंका छ की उ केही डरलाग्दो काहानी लिएर आउँदै छ । ‘green lady’ painting बाट बाहीर निस्कीएकी छे र अहीले protagonist संग तर्क गर्ने सोचमा मुख्य पात्रको अगाडी उभीएकी छे । मुख्य पात्र green lady लाई हेर्छ । उसको आँखा रसाएका छन् ।

green lady: ‘तिमी अर्को बिबाह गर’ ।

मुख्य पात्र: ‘यो सम्भब छैन । you can’t force me’ ।

green lady: ‘यो सम्भब छ । तिमी आफुलाई सानो परीधीमा राखेर नसोच । दोस्रो बिबाह सम्भब छ । तिमीले मलाई यो भित्तामा झुन्डाएको बषौं भईसक्यो’ ।

मुख्य पात्र: ‘camellia, this is not possiable’ ।

मुख्य पात्र green lady लाई अंगालो हाल्न पुग्छ । उ आफुलाई उसको अंगालो बाट फुस्काउँछे र भन्छे ‘जाउ तिमीलाई varginia ले पर्खदै छे’ ।

अहीले उ scold lady को घरमा छ । सोफमा बसेर green coffee पिउँदै छ । “green cofee”, सम्भबत भबिष्य कल्पान गर्न सकीन्छ । सेतो कुकुर कहीले scold lady को काखमा, कहीले कालो coffee table मा उफ्रीदै हुन्छ । Scold lady कहीले काँही उसलाई झगडालु लाग्दीन । उ संयम छे । उसको हप्काईमा गहनता छ भन्ने मुख्य पात्रलाई लागेको हुन्छ । उसको अनुहार झगडालु स्त्री को जस्तो पक्कै देखीन्छ तर उ प्रत्येक साता हुने नृत्य भेलाको लागी ढोकामा बसेर सबैको स्वागत गर्छे । वाईनको गिलास सबैको हातमा छ वा छैन भनी याद गर्छे । आफ्नो सत्कारमा कुनै कमी नहोस भन्ने चाहाना राख्छे । मुख्य पात्र को बस्तीमा प्रबेस हुनु भन्दा पहीले देखी नै यो प्रक्रीया रहँदै आएको थियो । त्यती बेला पियानो कसले बजाउँथ्यो भन्ने कसैलाई पनी थाहा थिएन । शुक्रबार बाहेकका दिनमा पनी उ मुख्य पात्रलाई हेर्दै भाबुक बन्छे र कहीले काँही पियाँनो बजाउन आग्रह गर्छे । मुख्य पात्र पियाँनो बजाउँदै छ । Chaule अझै coffee table मै छ । scold lady मुख्य पात्रलाई बजाउँन ईशारा गर्छे । कुकुर पियानो छेउ गएर उभीन्छ । scold lady ऐना अगाडी उभीएर कम्मर देखी छाती सम्म नियाल्छे । उ आफ्नो हातहरुले गर्धन र स्तन बरिपरी सुमसुमाउँछे । उ आफ्नो जवानी कल्पनामा हुन्छे । पियानो बजिरहेकै हुन्छ । शुक्रबार हुन्थ्यो भने सायद मानिसहरु नृत्यरत देखीन्थे । कसैले पनी उसलाई देख्ने थिएनन् । उ आफुलाई ऐना अगाडी र्सबथा एक्लो अनुभब गर्थी होला । त्यस्तो बेला protagonist लाई थाहा हुन्छ कस्तो संगीत बजाउँनु पर्छ । प्रेम बिकासको चरण, सुन्यता, प्रेमालाप, रोमान्स, खुसी देखी मनमुटाब सम्मको अबस्थालाई उ पियानो को धुनमा भर्न ब्यस्त हुन्छ ।

scold lady ले बिबाह गरीन । उ आफ्नो यौबनाबस्थामा थुप्रै पुरुषको मायामा परी । उ प्रेममा बिश्वास गर्थी तर बिहे गरी बच्चा जन्माउनु सही होईन भन्थी । उ निदाउनु भन्दा अगाडी धर्म पुत्री वा धर्म पुत्रको बारेमा सोच्थी र बिहान हुँदा नहुँदै चटपटे दिमाग बाट त्यो कुरा हटाउँथी । उसलाई लाग्थ्यो प्रत्येक दिन प्रेममय छ । उ कुनै दिन आफुलाई एउटा पुरुषसंग सुम्पन्थी र भन्ने गर्थी ‘माफ गर, मैले तिमी संग बिताएको यो पहीलो रात होईन तर बास्तबमै पछिल्ला रातहरु भन्दा त्यो उत्कृष्ट रह्यो’ । ‘तिम्रो अधरपानको टेक्नीकहरुले मलाई लोभ्याएका छन्’ । यती सकेर उ कुनै परपुरुष लाग्ने पुरुष मित्रको कोठा बाट निस्कन्थी र भोलि पल्ट sammu rué बाट lénon सम्म ट्रेनमा हिड्दा अर्को पुरुष संग प्रेममा परेको कुरा सुनाउँथी । उ अहीले बुढी भएकी छे । उसको चाउरी परेको रेखाहरुमा हामी जवानी बिम्बहरु अझै केही केही देख्न सक्छौं । मुख्य पात्र लाई लाग्छ उ पियानो बजाउँदा त्यो बुढी यस्तै केही सोच्छे होला । बास्तबमै पुरानो समयले नेटो काटीसकेको छ । उ भरसक पियानो मा राम्रो धुन भर्न ब्यस्त रहन्छ ।

Chaule भुक्न थाल्छ । एकछिन सब शान्त हुन्छ । scold lady ढोका तिर हेर्छे । मुख्य पात्र पनी ढोका तिर र्फकीएको छ तर उसका औंलाहरु पियानो कै स्पर्शमा देखीन्छन् ।

‘स्वागत छ तिमीलाई’– पुर्ब उल्लासको साथ scold lady ले र्भजिनीयालाई भित्र बोलाउँछे । मुख्य पात्र पनी उठ्छ र उ सगं पहीलो प्रत्यक्ष परिचय सुरु गर्छ ।

‘म मुख्य पात्र’– मुख्य पात्र सु-परिचय साथ हात अगाडी बढाउँछ ।

‘i am varginia dikenson’- उ हल्का मुस्कुराउँछे ।

अहीले तिनै जना पियानो पछाडीको भेल्भेट सोफामा बसेका छन् । varginia त्यती मोटी छैन । आकर्षक देखीन्छे । कानमा लापरबाही पाराले झुन्डीएका ear ring ले मुलत सौन्र्दय लाई निखारेका छन् । छातीको बिच भाग हुँदै झुन्डीएको मसिनो लकेटमा कृष्णको अनुहार कुँदीएको छ । अहीले मध्यान्न छुँदै छ । scold lady अर्गानिक कफी लिएर कोठा भित्र छिर्छे । उ संगै उसको chaule पनी दर्गुदै आईपुग्छ ।

‘तिमीलाई थाहा छ उ राम्रो पियानो बादक हो’ । मुख्य पात्र लाई ईकींत गर्दै scold lady, varginia लाई सुनाउँछे । ‘मैले गए राती तिमीलाई सुनेको थिँए …

‘ ‘ए ए धन्यबाद’ –

मुख्यपात्र चुप लाग्छ । varginia उसलाई हेर्न थाल्छे । मुख्य पात्र सोच्दै हुन्छ, कसरी एउटा केटीलाई पहीलो भेटमै मन पराएको कुरा गर्न सकीन्छ । मुख्य पात्र लाई उ राम्री लाग्न थालेको हुन्छ । लुसिएनको र्मसिटीज संझन्छ । valléy de loiré संझन्छ । उसको हातहरु समाएको कल्पना गर्छ । र आफु संग सन्तान जन्माउन ईच्छा राखेको अर्मुत कल्पना गर्न थाल्छ ।

‘तिमीले उपन्यास सुरु गर्यौ’ ? scold lady ले निस्तब्दता भगं गर्दै बोल्छे ।

‘कलम समाई सकेको छु’ । उ हाँस्न थाल्छे । उ आफ्ना सानातीना जोकहरुमा आफैं रमाउने गर्छे । उ सिग्रेट सल्काउँछे र सोफमा ढेसिएर पिउन थाल्छे । उ पेन्टीङहरु बेपत्ता संग मन पराउँछे । लेख्न बस्नु अघी कुनै शान्त पेन्टीङलाई हेर्दै सुरु गर्नु साहीत्यीक आनुभुती हुने कुरा गर्छे । उसलाई पेन्टीङहरु को ब्यबस्था théo ले मिलाई दिएको हो । cottage भन्दा केही पर théo को आर्ट ग्यालरी छ । varginia बिदा हुन सोफा बाट उठ्छे । अहीले उसको सेतो रहरलाग्दो पिड्यौलामा मुख्य पात्रका आँखाहरु रोकीएका छन् । varginia लाई पे्रम गर्न चाहान्छ । प्रेम ब्यक्त गर्न चाहान्छ तर उसले उपयुत्त समयलाई बुझेको जस्तो गरी अहीले शान्त रहन्छ ।

‘तिमी white wine मन पराउनने छौ’ ? varginia मुख्य पात्र लाई सोध्छे ।

‘अबश्यनै, म मन पराउने छु’ । उ नरम भएर जवाफ र्फकाउछ । उसलाई थाहा छ बिश्वबिद्यालयको दिनहरु मा केटीहरु संग केटाहरुले यो भन्दा नरम भएर बोल्थे र भोलिपल्ट country side dating का रमाईला बकवासहरु सुनाउँथे ।

मुख्य पात्र फेरी भन्छ– ‘सालमन माछा संग’ ‘अबश्य तिमीलाई स्वागत छ मेरो कटेजमा’ । varginia आफ्नो बिशेषाधिकार प्रयोग गर्छे सामान्य स्त्रीहरुले जस्तो । उ निस्कन्छे । chaule फेरी भुक्न थाल्छ मानौ उ पनी varginia लाई रोक्न खोज्दैछ । अब कोठामा फेरी मुख्य पात्र र scold lady मात्र बाँकी छन् । scold lady मुख्य पात्रलाई हेर्छे र केही बुझे जस्तो गरी हल्का मुस्कुराउँछे । मुख्य पात्र त्यहाँ बाट निस्कन्छ किनकी उसलाई बेलुकाको निमन्त्रणमा पुग्नु पर्ने तारतम्य मिलाउनु छ । हलुङ्गो मन लिएर scold lady को घर बाट बाहीरीन्छ । मन स्निग्ध छ जसरी बाहीर बगैंचाका फुलहरु देखीएका छन् । सडकमा केही केही मात्र मानीसहरु देखीन्छन् । सबै प्राय हल्का गोरो बर्णका । चार्लेएन जस्तो कोही पनी देखीदैनन् । उसको जस्तो चौडा छाती र भद्धा ओठ भएका मानीसहरु यहाँ कमै छन् । मुख्य पात्र लाई थाहा छ उसले varginia लाई सुखी राख्ने छ । सबै ठिक रहेमा बेलुकाको बसाई पनी उत्तेजित हुनेछ । उसको नरम हातहरुको स्षर्शले मुख्य पात्रको अङ्गहरुमा संचारको प्रक्रीया बिथोलीने छ र त्यसले पक्का पनी उत्तेजीत कामोत्तेजना लेराउने छ । उ ball गाउन को green lady लाई संझन्छ ।

उसले आजकाल भन्ने गरेको ‘जाउ तिमीलाई varginia ले पर्खदै छे’ भन्ने कुरा को हल्का स्मरण गर्छ । मुख्य पात्र varginia को cottage अगाडी उभीएको छ । उसले लुसिएनको ग्यारेज तिर हेर्छ । लुसिएनलाई दिउँसो देखीदैन । सम्भबत कसैलाई पनी थाहा हुने छैन उ दिउँसो कहाँ गायब हुन्छ । उ बेथितीको मानिस हो । भद्रगोल जिबन जिउनु आफ्नो आदर्श ठान्छ । प्रेमलाई अती बिश्वास र सम्मानको साथ लिन्छ । उसकी आमा पनी एक ब्यबसायी पुरुषको प्रेममा थिई र बिहेहुनु पुर्ब नै लुसिएन जन्मीसकेको हुन्छ । त्यसैले उसलाई आफ्नो जन्म अधार्मीक र अनैतिक लाग्छ तर धर्ममा आस्था भएको कुरा खुलेर बताउँछ । मुख्य पात्र रङ्ग खुईलिएको र्मसिटिजलाई हेर्छ र valléy de loiré को योजना चाँडै बन्नेछ भन्नेमा आशाबादी देखीन्छ । मुख्य पात्र आफुलाई डिनरमा varginia ले बेलाएकी कुरा पहीला चार्लेएनलाई सुनाउने छ । उ हतार हतार आफ्नो कोठा भित्र प्रबेस गर्छ । green lady पेन्टीङ बाट बाहीर निस्कीएकी छे ।

‘बास्तबमा यो हुनु थियो’ – green lady मुख्य पात्र लाई हेर्दै बोल्छे ।

‘तिमीले यो गर्न भन्दै छौ’ – मुख्य पात्र भाबुक देखीयो ।

‘तिमीलाई उसले सन्तान दिन्छे । तिमीलाई त्यसको ईच्छा सदैब रहदै आएको छ । होईन र मुख्य पात्र’ ? – green lady उसलाई यथार्थ बुझाउन खोज्छे ।

green lady मा भएको painting उसको स्र्वगिय श्रिमती camillia woolf को हो । उसको बिबाह भएको निकै समय बितेको हुन्छ । पछी केही अज्ञात रोगको कारण उसको मृत्यु भएके पक्का हो । पछी मुख्य पात्र यहाँ आई पेन्टीङ बनाउन थालेको हो । उ यहाँ आउँदा उसका छिमेकीहरु आफुलाई आदिबासी हुँ भन्थे । green lady उसले बनाएको उत्कृष्ट painting हो । यो केही सजिब र केही अनौठो छ । उ यस संग कुरा गर्न सक्छ । green lady उ संग कुरा गर्न सक्छे र प्रत्येक रात काल्पनीक सुहागरात मनाईदै आएको छ ।

मुख्य पात्र सिग्रेट सल्काउँछ । green lady painting मा र्फकीसकेकी हुन्छे ।

चार्लेएन भित्र छिर्छ । केही हडबडाएको छ । केही बेर हाँफीएपछी उ बोल्न थाल्छ ।

‘मुख्य पात्र तिमीलाई थाहा छ?’ –

‘के’ –मुख्य पात्र संक्षीत्त सोध्छ ।

‘बबाल भएको छ । मैले मेरो चलचित्रको लागी character भेटाएको छु । त्यसको नाम मैले दिएको छु । त्यो एउटा seclude बाट आएको प्राणी हुनेछ । त्यो ‘gull-azmir’ हो । तिमीले त्यसलाई यो नामले बोलाउन सक्छौ’ । चार्लेएनले यो सबै एक सासमा भनी सक्छ ।

‘gull-azmir’? यो कस्तो नाम हो ? मुख्य पात्र आफ्नो लामो नसुहाएको नाक बजाउँदै बोल्छ ।

‘अहो! तिमीलाई पनी अच्चम लाग्यो हैन’ ? चार्लेएन दङ्ग पर्दै मुख्य पात्र तिर र्फकीन्छ ।

‘तिमीलाई थाहा छ । सिनेमा जगतमा यसको वाहा वाही हुनेछ’ ।

‘तर…’ मुख्य पात्र चार्लेएनको खुसि सलबलाएको आखाँमा हेर्न थाल्छ ।

‘पक्कै पनी मानीसले यसलाई मन पराउने छन् । gull-azmir ईतिहाँसमा अमर रहोस्’ । चार्लेएन यती भनेर हतारिदै कोठा बाट बाहीरिन्छ ।

चार्लेएन यस्तै केही गर्ने सोचमा मात्र हुन्छ । यस्तो कहानी नसोचेको दिनमा मात्र उ दुध उमाल्दैन । मुख्य पात्रले varginia को कुरा सुनाउन भ्याएन ।

‘शुभ सन्ध्या’ –लुसिएनले मुख्यपात्रलाई अपेक्षाकृत अभिबादन ब्यक्त्त गर्छ ।

‘शुभ सन्ध्या लुसिएन’ –

‘Tell me if you want my car key. look , isn’t it cool for make a love’? – लुसिएन मुख्यपात्र लाई देख्ना साथ सधैं valléy de loiré को बारेमा संझाउने गर्छ ।

‘धन्यबाद’ –

मुख्पपात्र लाई हतारमा देखेर लुसीएन ‘हुन्छ’ को टाउकोमा मुस्कुराउँछ । मुख्यपात्र पहीला पाहाडियाको फुल पसलमा जान्छ र मित्रताको लागी दिईने सेतो फुलको गुच्छा किन्छ । उ अब सरासर varginia को cottage तिर जान्छ । उसले एउटा महत्वपुर्ण साँझ त्यहा बिताउने छ । उसले गोडाहरु काँप्न बाट रोकाउन भरमजबुत प्रयास गर्ने छ । उ cottage को मुख्य ढोका बाट भित्र छिर्छ । varginia आफ्नो भुस्याहा कुकुर संग खेलीरहेकी हुन्छे ।

‘स्वागत छ मुख्य पात्र’ –

‘धन्यबाद’ – उसले फुलको गुच्छा varginia लाई दिन्छ ।

उनीहरु एउटा लामो साधुँरो कोरीडोर हुँदै मुख्य बैठक कोठा मा पुग्छन् । बिचमा ठुलो रोयल बेड । हरियो पर्दा । नेपाली गलैंचा । पुरानो युरोपीयन साजसज्जा को भाडाँहरु royal bed को दुबै तिर मिलाएर राखीएका छन् । बैठक कोठा अती सुन्दर र बिलासि देखीएको छ । Claude monte को ‘Impression Sunrise’ royal bed को ठिक सामुन्ने झुन्डाईएको छ । अर्को पट्टी भित्तामा women in green dress टाँगिएको थियो ।

‘तिम्रो परिचय पेन्टर या पियानिष्ट, के भन्न सक्छु’ ? varginia मुख्य पात्रलाई सोध्छे ।

‘पेन्टर, तिमी मलाई पेन्टर भन्न सक्छौ । पियानिष्ट केबल नृत्य भेलाको लागी मात्र’ । –कोठा लाई panorama शैलीमा नियाल्दै जवाफ दिन्छ ।

कोठामा झुन्डाएको पेन्टीङहरुको combination र रङ्गको आधारमा अनुमान गदै मुख्य पात्र बोल्छ । ‘तिमी शान्ती प्रीय छौ । अँ, अती सफा मन । त्यो निश्चल हुनु पर्छ’ ।

‘How could you tell that’? उ उपन्यास लेख्दै गरेको आफ्नो डायरी पल्टाउँछे ।

‘रङ्गहरुको उपस्थीतीले तिम्रो परिचय या गुण बोल्छन्’ । मुख्य पात्र prophet झै बोल्न थाल्छ ।

‘अबश्य, तिमीले सही भन्यौ’ । varginia भन्न थाल्छे । ‘मलाई शान्ती संग सहबासको आकांक्षा छ । मलाई मेरो पात्रहरु यस्तै स्थाबाट जन्मीउन भन्ने लाग्छ । तिमीलाई थाहा हुनु पर्छ । a room of one’s own मा भनेझै ‘a women must have money and a room of her own if she is to write fiction’ … ‘हो, म सित अहीले कोठा छ र पैसा । तिमीले बिश्वास गर्नु पर्छ मैले यतीकै लागी श्रिमान त्यागेको छु’ ।

‘यसरी नसोच एकान्त समयले तिमीलाई अजिङ्गर ले जस्तो निल्ने छ’ । – Protagonist भन्न थाल्छ । ‘अजिङ्गर’?

‘हो’, अजिङ्गरले जस्तो । –मुख्य पात्र varginia को एउटा हात समाउन्दै भन्न थाल्छ । ‘निर्जन अबस्थामा तिमीले रोजेको समय मात्र अजिङ्गर बन्न सक्छ । तिमीलाई प्रेमको खाँचो छ । कुनै पुरुष पात्रको खाँचो छ’ । उ आफ्नो प्रेम देखाउन खोज्छ । varginia लाई सबै कुरा भन्न चाहान्छ । बिबाहको प्रस्ताब राख्न चाहान्छ । varginia wine लेराउँछे । सालमन माछाको परिकार बिषेश देखीएको छ । varginia music player on गर्छे । चोपिन र स्कुमनले कम्पोज गरेको धुन कोठा भरी फैलीन थाल्छ । बस समय अड्कीएको छ । युगल प्रेम जोडीको काहानी मा जस्तो ।

‘You know virginin’? – मुख्य पात्र virginin लाई हेर्दै बोल्न थाल्छ । ‘समयले तिमीलाई हराएर छोड्छ । There is no value of time’ ।
मुख्य पात्र लाई समयको परिर्बतन प्रती त्यती रुची छैन । उ समयको एक किसिमले ख्याल नराख्ने प्राणी हो । उ समय आउँछ, जान्छ, र परिर्बतन हुन्छ भन्नेमा गलत बिचार राख्छ । उसलाई थाहा छ मानीहरु समयको सदुपयोग गर्दैनन् । र समयको गलत ब्याख्या गर्छनन् ।

‘तिमी सुन्न चाहान्छौ मैले सुरु गरेको उपन्यास’ ? उ उपन्यास सुनाउने सुरमा आँउछे ।

‘अबश्य, अबश्य । ठिक छ । white wine, सालमन माछा र उपन्यास’ । मुख्य पात्र cheers को लागी गिलास माथी उठाउँछ । background मा पातलो भएर फेरी स्कुमनको धुन बज्न थाल्छ । varginia कथा सुरु गर्छे ।

( ………पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।

charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ green lady protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो । बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ ।
Scold lady: यो बुढी आईमाई मुख्य पात्रको पहीलो छिमेकी । जसले प्राय जसो दुध लेराउने केटा लाई, फोहोर उठाउन आउने अधबैंसे महीला लाई, बिजुली र धाराको मिटर जाँच्न आउने कर्मचारीलाई सानो सानो कुरामा हर्काछे । यो झगडालु स्त्री सबै सित प्राय झगडा गर्छे तर मुख्य पात्रलाई उसको घरमा शुक्रबार हुने नृत्य भेलामा सधै पियानो बजाउन बोलाउँछे ।

Lucian: लुसियन मोन्टे राम्रै नेपाली बोल्छ तर उसको समुदाएको मान्छेहरु भेट्दा उ नेवारीमै कुरा गरीरहेको भेटाईन्छ । मुख्य पात्रको बाँया तिरको पुरानो बंगलामा त्यो मान्छे बस्छ जहाँ त्यसलाई १९६० को मर्सिटिज पुछ्दै गरेको देख्न सकीन्छ । मुख्य पात्रको कोठा बाट सजिलै त्यसको मोटर ग्यारेज देखीन्छ । त्यो अहीले मुख्य पात्रको झ्याल तिर हेर्दै छ । मुख्य पात्र varginia लाई लुसिएनको मर्सिटीजमा राखेर vallléy de loiré घुम्न जाने योजना बनाउदै छ । हेरुँ, कथामा के हुन्छ ।

Varginia dikenson: मुल बाटोको पारी, सानो तर भब्य लाग्ने कटेजमा उ बस्न आएकी हत्ता दिन भयो । उसले त्यो cottage théo संग भाडामा लिएकी हो । उसको नयाँ उपन्यासको लागी उ यहाँ आएकी छे । उपन्यास न सकाउनजेल उ यहाँ बस्ने छे । scold lady ले हिजोको नृत्य भेलामा भनेकी थिई ।

ठिक छ, कथा यहाँ बाट सुरु हुनेछ । यो आजको मिती हो । protagonist ले भने बमोजिम कथा भन्न लाएक को दिन । आज नृत्य भेलाको अर्को दिन । हिजो अबेर सम्म मुख्य पात्र scold lady को घरमा पियानो बजाउँदै थियो त्यसैले मुख्य पात्र अझै ओछ्यानमै छ । उसको उपस्थीती बिना कथा फेबरेबल नहुन सक्छ । पहीला उसलाई उठाँउ तर यो काम लुसियनले गर्ने छ । लुसियनले खोक्दै 60’s को मर्सिटीज पुछ्दा निस्कीएको घिन लाग्दो आवाजले कथाको नायक उठ्ने छ । झ्याल तिर उभीएर लुसियनलाई हेर्ने छ । उसको मर्सिटिजमा varginia लाई लिएर valléy de loiré जाने कल्पना गर्ने छ । varginia उसको सामुन्ने को …………..)

यस बिचमा varginia र protagonist को हत्तै पिच्छे भेट हुन थाल्छ । ‘White wine, सालमन माछा र उपन्यास’ । मुख्य पात्र varginia ले कथा सुरु गर्नु भन्दा पहीले यसै गरी गिलास माथी उचाल्छ । उनीहरु बिच शारारीक सम्बन्ध बन्छ । लुसिएनको मर्सिटिजमा valléy de loiré घुम्ने योजना बारे मुख्यपात्र ले varginia लाई भनीसकेको हुन्छ । varginia ले बर्ष को अन्तीम तिर उपन्यास सकाउने र अर्को बसन्तको सुरुमा valléy de loiré जाने कुरा गरेकी हुन्छे । गए राती उनीहरुले सम्भोग गरेका थिए ।

११ महीना पछी …..

मुख्य पात्र हतारीदै varginia को cottage भित्र प्रबेस गर्छ । उसलाई केही अज्ञात जिज्ञासाले यहाँ सम्म लेराएको हुन्छ । लाग्दैछ उसलाई चार्लेएनको gull-azmir ले लखेटीरहेको हुन्छ । उ varginia को ठुलो बैठक भित्र प्रबेस गर्छ । उ त्यहाँ हुँदीन । बैठक कोठा खाली छ र निरश धुनले ढाकीएको जस्तो अुनुभब हुन्छ । स्कुमनको धुन बजिरहेको छैन । impression sunrise एउटा चमत्कारी बिहानी पर्खेर बसेजस्तो भित्तामा मौन झुन्डीएको छ । पछिल्ला दिनहरुमा उसको सौख भित्तामा झुन्डाईने गोरा बच्चाहरुको पेन्टीङ बनेको थियो । ति पेन्टीङहरु लिन मुख्य पात्र धेरै चोटी théo को art gallery पुगेको हुन्छ । varginia ले उपन्यास हिजो सकाएकी थिई र आज भब्य समारोह राखीने छ भनेकी हुन्थ्थी । तर यहाँ कुनै चहल पलह थिएन । भर्खर केही अनौठो घटना घटेको हुन्छ । मुख्य पात्र त्यही सुनाउन निर्धारीत समय भन्दा केही पल अघी cottage आईपुगेको हुन्छ । मुख्य पात्र varginia को bed तिर जान्छ । varginia ले उपन्यास लेख्दै गरेको डायरी पल्टाउँछ र उपन्यासको अन्तीम तथा बाँकी अशं पढ्न थाल्छ ।

(…..त्यसपछी varginia ले सोचेको जस्तो मुख्य पात्र संग सहबास हुन्छ । varginia गर्भबती हुन्छे । उनिहरुले valléy de loiré घुम्ने योजना बनाएको पनी १० महीना बितीसकेको हुन्छ । varginia ले यो महीना भित्र उपन्यास सकाउने र अघिल्लो बसन्तमा घुम्ने भनेकी हुन्छे । varginia मुख्य पात्रलाई लिएर théo को आर्ट ग्यालरी र scold lady को नृत्य भेलामा संग संगै पुग्न थालेकी हुन्छे । मुख्य पात्रले green lady संगको कुराकानी दिनै पिच्छे छोट्याउँदै लगेको छ । उ आजकाल green lady संग कुरा गर्दैन । मुख्य पात्रले नयाँ पेन्टीङ god’s hand भर्खर सुरु गरेको हुन्छ । varginia को अनुरोध मा उसले ईश्वको हात बाट मात्र मानब को कल्याण हुन सक्छ भन्ने theam मा त्यो पेन्टीङ सुरु गरेको हुुन्छ । कथाले अनौठो मोड लिएको छ । मुख्य पात्र आज अली छिटो ब्युँझनेछ सायद । उसले चार्लेएन लाई कफीको लागी अनुरोध गरी सकेको हुन्छ । varginia ले आज राख्ने भब्य समारोहमा उसले जानु छ । उसलाई cottege पुग्न हतार छ । फेरी चार्लेएन लाई कफी को लागी कराउँछ । मुख्य पात्र green lady को पेन्टीङ तिर हेर्छ । यस अघी उसले पेन्टीङको आईमाईको पेट ठुलो भएको देखेको थिएन । उ याद गर्न खोज्छ । उसलाई थाहा छ उसले कहीले यस्तो बनाएको थिएन ।
‘यो अनौठो हो’ – मुख्य पात्र पेन्टीङ बाट आँखा हटाउँछ ।

चार्लेएन कफी लिएर अझै आईपुगेको छैन । भान्छा बाट कुनै आवाज आएको छैन । मुख्य पात्र हलुका गतीमा भान्छा भित्र छिर्छ । अकस्मात उसलाई कोठा भित्र कसैको पुर्ब उपस्थीती अनुभब भए झै लाग्छ । उसलाई कसैले समाईरहेको छ या तानीरहेको छ । उ चार्लेएन लाई बोलाउँछ । चार्लेएन भान्छा मा देखीदैन । भान्छामा सामानहरु छरीएको छ । फ्रीज भित्र बाट रगत चुहीँदै निस्कीरहेको छ । मुख्य पात्र लाई र्चालेएनले यो सब सिनेमाको लागी गरेको जस्तो लाग्छ । ‘बेबकुफ! के गरेको होला?’ । उ फ्रीजको ढोका खोल्छ । चार्लेएनको शरीर काटेर कोचीएको छ । मुख्य पात्र त्यहाँ बाट भाग्छ र scold lady को घर तिर जान्छ । chaule लाई मारेर कसैले ढोकामा झुन्डाईदिएको छ । scold lady त्यहाँ देखीन्न । यो सबै काम gull-azmir को हो भन्ने अन्तीम निस्कर्ष मा मुख्य पात्र पुगेको हुन्छ । जो आदीमानब र आधा शरिर तेस्रो ग्रहको प्राणी को भएको चार्लेएनले बताएको हुन्थ्यो । उसलाई सहर सुनसान लाग्छ । लुसिएनको गाडीमा कसैले आगो लगाईदिएको छ । मुख्य पात्रलाई लाग्छ लुसिएन आफ्नो अनैतीक शरीर लाई लिएर पाहाडको फेदी तिर गयो होला जहाँ उ ईश्वर लाई खोज्न सक्छ । ‘कस्तो बिस्मात’ ? मुख्य पात्र बरबराउँछ । मुख्य पात्र हतारीदै varginia को cottage भित्र प्रबेस गर्छ ।

Impression sunrise
उसलाई केही अज्ञात जिज्ञासाले यहाँ सम्म लेराएको हुन्छ । लाग्दैछ उसलाई चार्लेएनको gull-azmir ले लखेटीरहेको हुन्छ । उ varginia को ठुलो बैठक भित्र प्रबेस गर्छ । उ त्यहाँ हुँदीन । बैठक कोठा खाली छ र निरश धुनले ढाकीएको जस्तो अुनुभब हुन्छ । स्कुमनको धुन बजिरहेको छैन । ‘impression sunrise’ एउटा चमत्कारी बिहानी पर्खेर बसेजस्तो भित्तामा मौन झुन्डीएको छ । पछिल्ला दिनहरुमा उसको सौख भित्तामा झुन्डाईने गोरा बच्चाहरुको पेन्टीङ बनेको थियो । ति पेन्टीङहरु लिन मुख्य पात्र धेरै चोटी théo को art gallery पुगेको हुन्छ । varginia ले उपन्यास हिजो सकाएकी थिई र आज भब्य समारोह राखीने छ भनेकी हुन्थ्थी । तर यहाँ कुनै चहल पलह थिएन । भर्खर केही अनौठो घटना घटेको हुन्छ । मुख्य पात्र त्यही सुनाउन निर्धारीत समय भन्दा केही पल अघी cottage आईपुगेको हुन्छ । मुख्य पात्र varginia को bed तिर जान्छ । varginia ले उपन्यास लेख्दै गरेको डायरी पल्टाउँछ र उपन्यासको अन्तीम तथा बाँकी अशं पढ्न थाल्छ । ……)

मुख्यपात्र को हात बाट डायरी भुईमाँ खस्छ ।

‘यो पुर्ब निर्धारित कहानी थियो र’? मुख्यपात्र आफैलाई प्रश्न गर्छ ।

नजिकैको cot बाट बच्चा रोएको आवाज आउँछ । vagitus अत्यन्त सुन्दर थियो । अचानक स्कुमनको कम्पोज बज्न थाल्छ र बच्चाको रुवाई संग मिसिएर royal room को चारैतीर फैलीन थाल्छ । मुख्य पात्र लाई अनौठो अनुभब भईरहेको स्पष्ट देख्न सकीन्छ । सम्भबत पाठकहरु भ्रममा परे जस्तो मुख्प पात्र पनी भ्रममा परेको छ । यो severe दुबीधा हो । यो भ्रान्ती हो । बच्चाको रुवाई झन झन बाक्लीदै गएको छ । varginia, scold lady, लुसिएन अनौठो संग हराएका छन् । यो बच्चा बषैं अघी green lady को कोख बाट जन्मीनु पर्ने थियो । varginia ले आज यो उपहार छोडेर गएकी छे । मुख्य पात्र बास्तबिकता बाट धेरै टाढा छ । varginia को थिई सायद मुख्य पात्र लाई यो कहीले थाहा हुने छैन । तर varginia को माया र यो उपहार सधै रहीरहने छ । varginia को emblem मुख्य पात्रले कोठा भरी अनुभब गर्छ । लाग्छ त्यो बच्चा ईश्वरको गर्भ बाट जन्मीएको धरतीको पहीलो सन्तान रहनेछ । मुख्य पात्र त्यो बच्चालाई उठाएर छातीमा टाँस्छ र ईश्वरलाई धन्यबाद दिदै varginia को काल्पनीक cottage बाट बाहीरीन्छ ।

अब, कोलोनी युद्ध बिराम पछीको लामो सुस्केरामा उभीएको छ …………

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.